
पूर्णपुष्टि, भदौ १३ । उदयपुरमा घुङ्गि टिप्न गएकी महिलाको मृत्यु भएको छ । बुधबार त्रियुगा नगरपालिका ११ की ५२ बर्षिया तारा भुजेलको खेतमा डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक राजन चापागाईका अनुसार घुङ्गि टिप्दाटिप्दै खेतमा ढलेको अवस्थामा भेटिएकी उनलाई अस्पताल लगिए पनि डक्टरले मृत घोषणा गरेको थियो। मृगी रोगले ग्रस्त उनी घुङ्गी टिप्ने क्रममा खेतमा ढलेकी थिईन् ।
