Monday, May 11News That Matters

नारायण राईको समूहद्धारा कोशी डान्स च्याम्पको दोस्रो पुरस्कार राशि सहयोग

पूर्णपुष्टि, १३ भदौ ।
यहि भदौ १५ गतेबाट सुरु हुने कोशी प्रदेश डान्स च्याम्प २०८१ को दोस्रो पुरस्कार हङकङमा रहेका नारायण राईको समूहले उपलब्ध गराउने भएको छ । भाईरस डान्स क्याम्पको आयोजनामा हुनलागेको उक्त प्रतियोगिताका लागि दोस्रो पुरस्कार राईको समूहले स्पन्सर गर्ने भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि प्रथम पुरस्कार पूर्व मयेर तथा एकीकृत समाजवादीका नेता बलदेव चौधरीले सहयोग गरेका छन् । चौधरीको स्वर्गीय डा. अरुन चौधरीको सम्झनामा प्रथम पुरस्कार राशि चौधरीले पहिल्यै गरिसकेको छ । पहिलो परस्कार १ लाख ११ हजार १११, दिद्धिय पुरस्कार नगद रु : ५५,५५५, तृद्धिय पुरस्कार नगद रु ः ३३,३३३, सान्त्वना पुरस्कार ः नगद रु ः ९,९९९ रहेको कार्यक्रम संयोजक कल्याण कार्कीले जनाएको छ । प्रतियोगिताका लागि कोशी प्रदेश भरीनै अडिसन संञ्चालन हुने आयोजकले जनाएको छ । उदयपुरको बेल्टारबाट १५ गतेबाट अडिसन सुरु गरी असोज १३ गते कार्यक्रम सम्पन्न हुने छ । आयोजकले कार्यक्रमको अन्तिम तयारी गरिरहेको र साथ सहयोगका लागि अपिल गरिरहेका छन् ।