
पूर्णपुष्टि, १२ भदौ ।
मंगलबार विहान पोखरीमा डुवेर मृत्यु भएका ७ बर्षिय बालक रिचेश राईको अझै पोष्टमार्टम हुन सकेको छैन । उचित क्षेतीपूर्तिको माग राख्दै आएका पडित परिवारले पोष्टमार्टम गर्न नमानेको हो । परिवारले उजुरी दिने समेत जनाएको छ । त्रियुगा नगरपालिका वडा नं ११ का रिचेश मंगलबार बिहान साथिहरु सित पौडि खेल्ने बरुवा वस पार्क स्थित साथीहरु सित गएका थिए । पौडि खेल्ने क्रममा ति रिचेशको डवेर मृत्यु भएका थिए । प्याराडाईज बोर्डिङ कक्षा १ मा अध्यानरत रिचेशको शव हाल जिल्ला अस्पताल उदयपुरमा राखिएको छ । क्षतीपूर्ति नमिलेपछि उनको पोष्टमार्टमको प्रक्रिया मिलेको छैन् । मृतक बालकको परिवारले जथाभावी पोखरी खनेर मान्छे मार्ने धराप थापेको भन्दै यस्ता लापर्वाही गर्ने निकायमाथी कार्वाही र क्षतिपूर्तिको माग राखेको हो ।
