Wednesday, August 12News That Matters

एसियन लाइफ इन्स्योरेन्स गाईघाट शाखाद्वारा मृत्यु दाबी भुक्तानी

पूर्णपुष्टि, भदौ २० । एसियन लाइफ इन्स्योरेन्सको गाईघाट शाखाले एक बाल भविष्य जीवन बीमा योजना अन्तर्गत मृत्यु दाबी भुक्तानी गरेको छ। खोटाङको बराहपोखरी–४ निवासी स्व. अनिशा राईकी आमा संगिता राईलाई कार्यालयमै शाखा प्रमुख मेनुका खत्रीले रु. २,४४,९९५ को चेक हस्तान्तरण गरेकी हुन् ।

अनिशा राईको नाममा २०७६ साल भदौ ८ गते २ लाख रुपैयाँको १५ वर्षे जीवन बीमा गरिएको थियो। छोरीको भविष्यको लागि आमाले गराएको यो बीमाको किस्ता नियमित रूपमा भुक्तानी गरिँदै आएको थियो। तर २०७९ साउन १ देखि अनिशाको स्वास्थ्यमा समस्या देखिएको र उपचारका क्रममा २०८१ वैशाख २० गते उनको निधन भएको थियो। शाखा प्रमुख मेनुका खत्रीका अनुसार जोखिम प्रारम्भ भइसकेको कारण पूरै बीमाङ्क र बोनस सहितको रकम भुक्तानी गरिएको हो।