Sunday, April 19News That Matters

उदयपुरमा १७ औं राष्ट्रिय पुस्तकालय दिवस मनाइँदै

पूर्णपुष्टि, भदौ २० । उदयपुरमा १७ औं राष्ट्रिय पुस्तकालय दिवस र २१ औं संघम सामुदायिक पुस्तकालयको साधारण सभा भव्यताका साथ मनाइने भएको छ।

भदौ २२ गते (शनिबार) त्रियुगा नगरपालिका–११ स्थित संघम सामुदायिक पुस्तकालयमा आयोजना हुने कार्यक्रममा (काठमाण्डौँ स्कुल अफ ल) का कार्यकारी निर्देशक प्रा.डा. युवराज संग्रौला प्रमुख अतिथिको रूपमा सहभागी हुने जनाइएको छ।

कार्यक्रममा ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ विषयमा वृहत बहस हुनेछ। साथै संगित लगायतका नृत्य प्रस्तुति, वक्तृत्वकला, निबन्ध तथा कविता वाचन जस्ता सांस्कृतिक कार्यक्रमहरू पनि समावेश गरिएको छ। यस अवसरमा पुस्तकालय प्रेमी तथा जिल्ला प्रहरी कार्यालयका पूर्व प्रमुख एसपी रमेश थापालाई विशेष सम्मान गरिने कार्यक्रम रहेको छ।