Sunday, April 19News That Matters

प्रचण्डद्वारा सप्तरीमा जनयुद्धका प्रथम सहिदहरूको शालिक अनावरण हुँदै

पूर्णपुष्टि, भदौ २३ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. २ रक्साहामा जनयुद्धका दुई प्रथम सहिदहरूको शालिक अनावरण हुने भएको छ।

सोमबार दिउँसो ३ बजे पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले जनयुद्धका प्रथम सहिद कमरेड दुर्गाराज पौडेल (सुरज) र उपेन्द्र बहादुर कोइराला (अर्जुन) को शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ। नेकपा माओवादी केन्द्र सुरुङ्गा नगरपालिका सप्तरीले यस कार्यक्रमको आयोजना गरेको छ।