
पूर्णपुष्टि, भदौ १९ । उदयपुरमा लागुऔषध सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ जलजला बस्ने वर्ष २३ का सविन राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको मोटरसाईकल चेकजाँच गर्ने क्रममा बुप्रिनोर्फिन–९ एम्पुल, फेरानागन–६ एम्पुल, डाइजेपाम–९ एम्पुल गरी जम्मा २४ एम्पुल र २२ ट्याब्लेट नाइट्राभेट प्रतिबन्धित लागू औषध सहित राईलाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
