
पूर्णपुष्टि, २३ असोज ।
पत्रकार महासंघ उदयपुरले पत्रकार माथी दुव्र्यवहार गर्ने रौता पानी फ्याक्ट्रीका संञ्चालक पर्शुराम चौधरी र संलग्न श्रीमती र छोरामाथी तत्काल कार्वाही गर्न माग गरेको छ । बुधबार साँझ पानी फ्याक्ट्रीले बिक्रि गर्दै आएको शिल्ड प्याक जार भित्र कुखुराको प्वाँख फेला परेपछि त्यस सम्बन्धी समचार संकल गर्न भिडियो खिच्न फ्याक्ट्री पुगेका पूर्णपुष्टि मिडियाको सम्वाददाता बिक्रम राई र सुनिल राईलाई लछार पछार गर्दै क्यामेरा तोडफोड गरेका थिए । सोही घटनालाई उचित अनुसन्धान सहित कार्वाहीको माग गर्दै बिज्ञाप्ती जारी गरेको छ । समचार संकलन गर्न गएका पत्रकारमाथी भएको दुव्र्यवहार प्रति घोर भर्तसना गर्दछौँ । दोषीलाई कडा कार्वाही र तोडफोड भएको सामाग्रीको उचित क्षतीपूर्ति नभएका कडा आन्दोलनमा उत्रिने छौँ, बिज्ञाप्तीमा भनिएको छ ।

