Sunday, April 19News That Matters

उदयपुरमा पत्रकारमाथि आक्रमण गरी क्यामेरा तोडफोड

उदयपुर, असोज २३ ।
बजारमा लगिएको खानेपानीको सिलप्याक जारभित्र कुखुराको प्वाँख भेटिएपछि उपभोक्ताको स्वास्थ्यमाथिको सम्बेदनशिलतालाई ख्याल गर्दै आज रिपोर्टिङमा गएका उदयपुरका दुई पत्रकारमाथि आक्रमण तथा क्यामेरा तोडफोड भएको छ ।
पत्रकार बिक्रम राई र सुनिल राईमाथि रौता स्पिङ वाटर प्रा.लि.का सञ्चालक पर्शुराम चौधरी लगायतले आक्रमण गरी क्यामेरा खोसेर फुटाइदिएका हुन् । पत्रकार राईद्वय पूर्णपुष्टि मिडिया र एभिन्युज टेलिभिजनको उदयपुर सम्बाददाता हुन् ।
कोष तथा लेखा नियन्त्रण कार्यालय उदयपुरको चमेनागृहमा लगिएको जारभित्रको पानीमा कुखुराको प्वाँख भेटिएको थियो । उक्त जार स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । सो बारे सोधपुछ गर्न र कम्पनीको भिडियो खिच्न गएका पत्रकारद्वयमाथि सञ्चालक चौधरीले नखिच्न धम्कीमात्र दिएनन् क्यामेर खोसेर फुटाइ दिए । मोवाईल कब्जामा लिए र हेल्मेटले आक्रमण गरेको पत्रकार बिक्रमले बताए ।
स्थानीय प्रशासन र प्रहरीमा जानकारी दिइएको छ । क्यामेरा फुटाएको मुचुल्कासहित घटनाको अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । नेपाल पत्रकार महासंघ शाखा उदयपुर, प्रेस सेन्टर नेपाल लगायत पत्रकारजन्य संघसंस्थाले विज्ञप्ती जारी गरी घटनाको घोर भत्सर्ना गरेको छ । साथै पत्रकार सुरक्षा र प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको रक्षाको माग गरेको छ । पत्रकारलाई न्याय तथा उचित क्षतिपूर्तीको मागसमेत गरिएको छ ।
दशैंको मुखमा सर्बसाधारणको स्वास्थ्यमाथि खेलवाड गर्ने कम्पनीमाथि तुरुन्त अनुगमन र गुणस्तर परिक्षण गरी कारवाहीको मागसमेत गरिएको छ ।
उक्त कम्पनीले बजारमा लगेको पानीमा पटक–पटक लेदो, किरा र अखाद बस्तु फेला पर्दै आएको उपभोक्ताको गुनासो छ । यसअघि स्थानीय प्रशासनले अनुगमन र कारवाहीसमेत गरेको उक्त कम्पनीको लापरवाही हटेको छैन ।
यसरी फेला परेकाे थियाे जारभित्र फाेहर (भिडियाे)

पत्रकार र क्यामेरामाथि यसरी भयाे अाक्रमण (भिडियाे)

पत्रकारकाे क्यामेरा याे अवस्थामा ताेडफाेड भएकाे छ । फाेटाे फिचर :