Sunday, April 19News That Matters

रौता पानी फ्याक्ट्री : गलत लुकाउन क्यामेरा तोडफोड, पत्रकारमाथी दुव्र्यवहार

पूर्णपुष्टि, २३ असोज ।
गाईघाटको रौता पानी फ्याक्ट्रीले आफ्नो गलत लुकाउन पत्रकारमाथी हातपात गर्नुका साथै क्यामेरा तोडफोड गरेको छ । बुधबार बोक्से स्थित कोलेनिका कार्यालयमा रौता पानी फ्याक्ट्रीको शिल्ड प्याक पानी भित्र कुखुराको प्वाँख फेला परेका थिए । सोही अवस्थामा फोहोर पानी बिक्रि वितरण गरिरएको कुराको समचार संकलन गर्न गएका पूर्णपुष्टि मिडियाका बिक्रम राई र सुनिल राईमाथी लछारपछार गर्दै क्यामेरा खोसेर क्यामेरा तोडफोेड भएको थियो । उक्त फ्याक्ट्रीका संञ्चालक पर्शुराम चौधरी, र श्रमती छोरा सहितको संलग्नतामा क्यामेरा तोडफोड र मोवाईल कब्जा भएको थियो । क्यामेर फुटाएर बिक्रम राईको मोवाईल समेत फुटाउने प्रयास गरेको चौधरीले अन्तत मोवाईले भने फुटाउन पाएन ।

श्रीमतीले कन्ट्राल गराउँदै मोवाईले भने कब्जा गर्यो । क्यामेरा फुटाएर मोवाईल फुटाउन तयार रहेको चौधरीलाई श्रीमतीले कन्ट्रोल गर्दै मोवाईल बक्जा गरेर घरमा लगेर राख्यो । दुव्र्यवार भएर क्यामेरा तोडफोड गरेपछि मोवाईलबाट भिडियो कैद गरिँदै थियो । सोही घटनाको अवस्था लुकाउन र खिचिएको फ्याक्ट्रीको भिडियो मेटाउन चौधरीले क्यामेरा फुटाउन पछि परेन । उनि क्यामेरा फुुटाएर तत्काल पत्रकारमाथी जाईलागे उनकै श्रीमतीले रोकेपछि उनि घटनाबाट स्कुटर लिएर बाहिर निस्कीए । बुधबार बेलुका पानी फ्याक्ट्रीको समचार संकलन गर्नु पुगेका पत्रकारलाई पहिले भिडियो खिच्न रोक लगाईयो । पछि हामि पत्रकार हो यो खाले फोहोर पानी बजारमा फेला परेको छ भन्दा निजि क्षेत्र हो खिच्न मिल्दैन भन्दै उनिहरु प्रतिवादमा उत्रिए । यदि उनिहरुले पत्रकार भनेर चिनिसकेको अवस्थामा पनि भिडियो खिच्न मनाई गर्यो । उनिहरुले अरुनै कोही हो भनेर संका लागेको भए हामिले आफ्नो कागजपत्र पनि दिन सक्ने थियौँ तर उनिहरुलाई पत्रकार हो भन्ने थाहा हुँदै गर्दा पनि आफ्नो गल्ती सार्वजानिक हुने डरले उनिहरुले अन्तत क्यामेरानै फुटायो । उक्त घटनाबारे प्रहरीले मुचुल्का उठाईसकेको छ भने पत्रकार महासंघ उदयपुरले बिज्ञाप्ती जारी गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । पत्रकारले भने दुव्र्यवहार गर्ने चौधरी र संलग्न अन्य व्यक्ति माथी तत्काल कार्वाही र क्षतीपुर्तिको माग गरेको छ ।