Sunday, April 19News That Matters

बर्षाका कारण नारदमुनि गोल्डकपको मिति सर्यो

पूर्णपुष्टि, १४ असोज ।
यहि असोज १७ गतेबाट उदयपुरको बसाहामा आयोजना हुन लागेको १० औँ नारदमुनी थुलुङ स्मृति गोल्डकप आगामी माघ २२ गतेदेखी हुने भएको छ । लगतारको बर्षाका कारण खेलाडी र खेलमा असर पुगेको भन्दै माघ २२ गते लाई सारिएको आयोजकले जनाएको छ । यो बिपत्तिमा खेलाडीहरुलाई मैदान सम्म आउजाउग गर्न असहज हुने भन्दै तत्काललाई खेल स्तगित गरिएको हो । खेलका लागि आयोजकबाट सबैखाले तयारी पुरा भएको भएपनि अचानक आएको बर्षाले असर पारेको थियो ।