
उदयपुर, असाेज १३ ।
६९ ओैं प्रहरी दिवसकाे अबसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरले आयाेजना गरेकाे ब्याडमिन्टन प्रतियाेगिताकाे फाईनल खेलमा ए डिभिजनतर्फ माेति राई र हिमाल श्रेष्ठकाे जाेडि बिजेता बनेकाे छ ।
सन्ताेष कटुवाल र विनय चाैधरीकाे जाेडी दाेस्राे बनेकाे छ ।
फाईनलकाे डिसाईडिङ खेलमा २ अंकले कटुवाल र चाैधरीकाे जाेडिलाई पछि पार्दै राई र श्रेष्ठकाे जाेडी प्रथम भएकाे हाे । बलबहादुर कार्की र साैरभ ठकुरीकाे जाेडी र बादल खतिवडा र गाेबिन्द थापाकाे जाेडी तेस्राे भए । ए डिभिजनतर्फ १६ जाेडाले भाग लिएका थिए ।
त्यसैगरी बी डिभिजनतर्फ प्रहरीका नरबहादुर राई र रुप कुमार धामीकाे जाेडी प्रथम भएकाे छ । प्रहरी कै प्रकाश बस्नेत र दिपक राईकाे जाेडीलाई पछि पार्दै राई र धामीकाे जाेडी प्रथम भएकाे हाे । प्रकाश र दिपककाे जाेडीले दाेस्राे स्थानमा चित्त बुझाउनु पर्याे । प्रहरीका बबिन राई र गणेश बिष्टकाे जाेडा र केशब बस्नेत र गुनराज बञ्जराकाे जाेडा तेस्राे भए । बी डिभिजनतर्फ ६४ टिमले प्रतिष्पर्धा गरेका थिए ।
राेचक र प्रतिष्परधात्मक बनेकाे दुबै ईभेन्टसकाे फाईनल खेल हेर्न न्यायधिस, प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा प्रमुखहरुकाे उपस्थिति थियाे । खेलाडी तथा ब्याडमिन्टनप्रेमीहरुकाे बाक्लाे उपस्थिति थियाे ।
विजयी टिमहरुलाई प्रहरी दिवस समाराेहमा प्रमाणपत्र, शिल्ड, मेडल र नगद पुरस्कारसहित पुरस्कृत गरिने जिल्ला प्रहरी प्रमुख एसपी हरिहरनाथ याेगीले बताउनुभयाे ।
दुईदिनका सञ्चालन भएकाे प्रतियाेगिता बर्षातका कारण तीनदिन सञ्चालन भयाे ।
