Friday, August 14News That Matters

खेलकुद

पेनाल्टी सुटआउटबाट चर्च ब्वाईजको जीत

पेनाल्टी सुटआउटबाट चर्च ब्वाईजको जीत

खेलकुद, समाचार
पूर्णपुष्टि, कात्तिक १८ गते । बसाहा-उदयपुरको चौदण्डीगडी नगरपालिका ४ बसाहामा आयोजित नारदमुनी गोल्डकप फुटबल प्रतियोगिताको सनिबार भएको खेलमा चर्च ब्वाईज युनाइटेड काठमाडौंले दमक एफसी झापालाई टाईवेकरमा २ को विरुद्ध ४ गोल गर्दै जीत हात पारेको छ । बसाहा क्लवको आयोजना तथा चौदण्डीगडी नगरपालिकाको संयोजनमा भइरहेको प्रतियोगिताको दोस्रो दिन निर्धारित समायमा खेल बराबरी १÷१ गोलमा टुंगिएको थियो । खेलको १६ औं मिनेटमा झापाका प्रविन राईले गोल गरेका थिए । भने खेलको अन्तिम समयमा चर्च ब्वाईजका जङ्बु शेर्पाले १ गोल फर्काएपछि खेल वराबरीमा टुंगिएको थियो । बराबरीमा खेल टुंगिएपछि जीतको छिनोफानो गर्न भएको पेनाल्टी सुटआउटमा चर्च ब्वाईजको तर्फबाट ४ र दमक एफसीको तर्फबाट २ गोल भएको थियो । पेनाल्टी सुटआउटमा चर्च ब्वईजको तर्फबाट बर्षात गुरुङ, जङ्बु शेर्पा, बिसाल गुरुङ र मेसिया एकबुलाले गोल गरेका थिए भने झापाको ...
छैठौं नारदमुनी गोल्डकप सुरु, डिएफसी मोरङको जीत सुरुवात

छैठौं नारदमुनी गोल्डकप सुरु, डिएफसी मोरङको जीत सुरुवात

खेलकुद, समाचार
पूर्णपुष्टि, कात्तिक १७ गते । बसाहा–उदयपुरको चौदण्डीगडी नगरपालिका ४ बसाहामा आयोजित नारदमुनी गोल्डकप फुटबल प्रतियोगिताको शुक्रबार भएको उद्घाटन खेलमो डिएफसी मोरङले न्यू स्टार क्लव सुनसरीलाई टाईव्रेकरमा ३ को विरुद्ध ४ गोल गर्दै जीतको सुरुवात गरेको छ । बराबरी २÷२ गोलमा टुंगिएको ७० मिनेटको खेलमा जितको छिनोफानो गर्न भएको टाईवेकरमा मोरङको तर्फबाट विदेशी खेलाडी सेगुन, बुद्ध चेम्जोङ, अर्का विदेशी खेलाडी प्रतिक र योगेश गुरुङले गोल गरेका थिए । सुनसरीका दोर्जे गुरुङ, जीवन धामी र मनोज राईले गोल गरेका थिए । खेलको ३४ औं मिनेटमा सुनसरीका जर्सी नम्बर ११ का तिर्थ बस्नेतले पहिलो गोल गरी खाता खोलेका थिए । त्यस लगत्तै ३७ औं मिनेटमा सुनसरीका जर्सी नम्बर ७ का उमेश राईले १ गोल गरेका थिए । मोरङतर्फ जर्सी नम्बर १३ का निसान खड्काले ३९ औं मिनेटमा गोल गरी टिमका लागि खाता खोलेका थिए भने खेलको अन्तिम म...
आजबाट छैठौं संस्करण सुरु, नारदमुनी गोल्डकपको करोडको अक्षयकोष खडा गरिने

आजबाट छैठौं संस्करण सुरु, नारदमुनी गोल्डकपको करोडको अक्षयकोष खडा गरिने

खेलकुद, समाचार
पूर्णपुष्टि, कात्तिक १७ गते । बसाहा-नारदमुनी गोल्डकप उदयपुरले एक करोडको अक्षयकोष खडा गरी संस्थागत विकास गर्ने लक्ष लिएको छ । आजबाट सन्चालन हुने गोल्डकपको छैटौं संस्करणको अवसरमा विहान आयोजित पत्रकारसम्मेलनमा मूल आयोजक समितिका संयोजक भिम वान्तावाले बसाहाबासीको साझा पहलमा केही वर्षभित्रै करोडको अक्षयकोष खडा गरी संस्थागत विकास गर्ने लक्ष रहेको बताए । गक्ष अनुसार ४० रुपैयादेखि ४० हजारसम्मको सहयोगमा छ बर्षअघि थालिएको गोल्डकपले निरन्तरता पाउदै छैठौं संस्करणमा आइपुगेको र आगामी वर्षहरुमा अझ भव्य र व्यवस्थित बनाउन अक्षयकोष खडा गर्ने मुल लक्ष लिइएको बताए । एक ऐतिहासिक व्यक्ति प्रजातान्त्रिक योद्धा नारदमुनी थुलुङको स्मृतिमा थालिएको गोल्डकपको लोकप्रीयता बढ्दै गएको बताउदै विगतभन्दा यसवर्ष अझ व्यवस्थित र भव्य तयारी भएको आयोजक बसाहा क्लवका अध्यक्ष शेखर राईले बताए । चौदण्डीगडी नरपालिकाको संय...
सदस्य सचिव विष्टलाई ताली दिनेहरुले गाली दिन थाले

सदस्य सचिव विष्टलाई ताली दिनेहरुले गाली दिन थाले

खेलकुद, समाचार
पूर्णपुष्टि, कात्तिक १२ गते । उदयपुर–खेलकुद विकास परिषद्का सदस्य सचिव केशब विष्टले छ महिनामा व्याड्मिन्टन कवर्डहल निर्माण गर्ने भनी गरेको प्रतिबद्धता नौं महिना वितिसक्दा पनि अधुरै बनेको छ । चौथो उदयपुर गोल्डकपको उद्घाटनको सिलसिलामा गतबर्षको माघमा आएका सदस्य सचिव विष्टले जिल्ला खेलकुद विकास समितिको कार्यालय परिषरकै खाली जग्गामा कवर्डहलको सिलान्यास गर्दै छ महिनामा निर्माण सम्पन्न गर्नेगरी ३० लाख रुपैया बजेट विनियोजनको प्रतिबद्धता गरेका थिए । सिलान्यास समारोहमा प्रतिबद्धता गरिरहदा सबैको ताली खाएका विष्टले भने अनुरुप प्रतिबद्धता पुरा नगरेपछि आजभोली गाली पाउन थालेका छन् । जिल्ला व्याड्मिन्टन संघ र जिल्ला खेलकुख विकास समितिको पहलमा निर्माण गर्न लागिएको व्याड्मिन्टन कवर्डहल, ३० लाख बजेट मध्ये तत्काल १० लाख उपलब्ध गराई बाँकी रकम क्रमिकरुपले उपलब्ध गराई छ महिनाभित्रमा निर्माण पुरा गर्ने स...
बेस्ट फिफा फुटबल अवार्ड: रोनाल्डो विश्वकै उत्कृष्ट खेलाडी

बेस्ट फिफा फुटबल अवार्ड: रोनाल्डो विश्वकै उत्कृष्ट खेलाडी

खेलकुद, समाचार, संसार
लण्डन । क्रिस्टियानो रोनाल्डो बेस्ट फिफा फुटबल अवार्ड २०१७ मा विश्वकै उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् । रियल म्याड्रिड र पोर्चुगलका फरवार्डले बार्सिलोनाका लियोनेल मेस्सी र पेरिस सेन्ट जर्मेनका नेयमारलाई पछि पार्दै उक्त अवार्डमाथि कब्जा जमाएका हुन् । ३२ वर्षीय रोनाल्डोले रियललाई ला लिगा तथा लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जिताउन सफल भएका थिए । गत सिजन रोनाल्डोको लागि निकै सफल रह्यो । उनले पोर्चुगललाई युरो २०१६ को उपाधि पनि दिलाए थिए । त्यस्तै युभेन्टसबिरुद्ध च्याम्पियन्स लिगको फाइनलमा ४–१ को जित निकाल्ने क्रममा उनले दुई गोल गरे । त्यस्तै २९ खेलमा २५ गोल गर्दै उनले क्लबलाई पाँच वर्षमा पहिलो पटक लिग उपाधि जित्न मद्दत गरे । रोनाल्डोको पक्षमा ४३.१६ प्रतिशत मत आएको थियो भने मेस्सीको पक्षमा मात्र १९.२५ प्रतिशत मत तथा नेयमारको पक्षमा ६.९ प्रतिशत मत आएको थियो । रो...
बसाहामा प्रथम मेयर कप व्याड्मिन्टन सम्पन्न, राई र मगरको जोडी प्रथम

बसाहामा प्रथम मेयर कप व्याड्मिन्टन सम्पन्न, राई र मगरको जोडी प्रथम

खेलकुद, समाचार
पूर्णपुष्टि, असोज ३१ गते । बसाहा–एकता युवा क्लव बसाहाको आयोजना तथा चौदण्डीगडी नगरपालिकाको संयोजनमा आयोजित प्रथम मेयर कप खुल्ला ब्याड्मिन्टन प्रतियोगिता २०७४ को उपाधी भोटराज राई र तुला मगरको जोडीले जितेको छ । बसाहाका बविन्द्र थुलुङ राई र दिनेश राईको जोडीलाई पराजित गर्दै राई र मगरको जोडीले उपाधी जितेको हो । उपाधी जितेसंगै उनीहरुको जोडीले नगद १० हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेका छन् । २१–१६, १९–२१ र २१–१६ को तेस्रो निर्णायक सेटमा ५ अंकले पछि परेपछि राई जोडीले दोस्रो स्थानमा चित्त बुझाउनु परेको हो । दोस्रो हुदै उनीहरुको जोडीले नगद ६ हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । बेल्टारका भेषराज मगर र बालकृष्ण कार्कीको जोडी तथा बसाहाका प्रेम रायमाझी र भुपाल राईको जोडीले तेस्रो स्थान हाँसिल गरेका छन् । तेस्रो हुने दुबै जोडीले नगद २÷२ हजार पुरस्कारसहित श...
व्याड्मिन्टनमा बलबहादुर र दिपकको जोडी प्रथम, बीतर्फ भेषराज र एकराज प्रथम

व्याड्मिन्टनमा बलबहादुर र दिपकको जोडी प्रथम, बीतर्फ भेषराज र एकराज प्रथम

खेलकुद, समाचार
पूर्णपुष्टि, असोज २६ गते । गाईघाट–उदयपुर जिल्लास्तरीय व्याड्मिन्टन प्रतियोगितामा बलबहादुर कार्की र दिपक राईको जोडीले प्रथम स्थान हाँसिल गरेको छ । १५–२१, २१–९ र २१–१९ को डिसाईडिङ खेलमा ताराचन राई र गोविन्द थापाको जोडीलाई पछि पार्दै उक्त जोडी प्रथम भएको हो । तेस्रोसेटमा २ अंकले पछि परेपछि राई र थापाको जोडीले दोस्रो स्थानमा चित्त बुझाउनु पर्यो । धनकुमार श्रेष्ठ र रुवेन राईको जोडी तथा हिमाल श्रेष्ठ र सरोज खवासको जोडी तेस्रो भएका छन् । “बी” डिभिजनतर्फको खेलमा बेल्टारका भेषराज मगर र एकराज मगरको जोडीले प्रथम स्थान हाँसिल गरेका छन् । उक्त जोडीले २१–१९ र २२–२० को सोझोसेटमा जीत सुनिश्चित गरेको हो । पुरनचन्द भट्ट र प्रकास बस्नेतको जोडी दोस्रो भए । राजेश चौधरी र इश्वरीदत्त भट्टको जोडी तथा तुला मगर र यमन दनुवारको जोडी तेस्रो भए । ६२ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय उद...
व्याड्मिन्टन प्रतियोगिता सन्चालन

व्याड्मिन्टन प्रतियोगिता सन्चालन

खेलकुद, समाचार
पूर्णपुष्टि, असोज २५ गते । गाईघाट–६२ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला व्याड्मिन्टन संघको आयोजनामा गाईघाटमा व्याड्मिन्टन प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । त्रियुगा नगरपालिका र त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरको प्रायोजनमा डबल्स व्याड्मिन्टन प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा ए र बी डिभिजन गरी ४० जोडीले प्रतियोगितामा भाग लिएका छन् । ए तर्फ ८ जोडा र बी टर्फ ३२ जोडाले भाग लिएका छन् । प्रतियोगिताका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जिल्लाका कटारी, जलजले, बेल्टार, बसाहा लगायतका खेलाडीहरुले भाग लिएका छन् । प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । बिहिबार फाईनल खेल हुने प्रतियोगिता जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा सन्चालन भईरहेको छ । पहिलो दिन पहिलोचरणको सबै ...
प्रहरी दिवसमा व्याड्मिन्टन खेलिने

प्रहरी दिवसमा व्याड्मिन्टन खेलिने

खेलकुद, समाचार
पूर्णपुष्टि, असोज २१ गते । गाईघाट–६२ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय उदयपुरले व्याड्मिन्टन प्रतियोगिताको आयोजना गर्दैछ । दिवसको अवसरमा प्रहरीले असोज २५ र २६ गते जिल्लास्तरीय व्याड्मिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिए । मेन्स डबल्स (ए समुह) र मेन्स डबल्स (बी समुह) इभेन्ट्समा खेल सन्चालन हुने बताइएको छ । भट्टका अनुसार प्रतियोगिताका विभागिय प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जिल्लाका खेलाडीहरुको सहभागिता हुनेछ । जिल्लाको कटारी, बेल्टार, जलजले लगायत खेलाडीहरुको सहभागिता हुनेछ । प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित शिल्ड, मेडल, प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । जिल्ला व्याड्मिन्टन संघ उदयपुरसंगको समन्वयमा हुने प्रतियोगिता खेल जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा सन्चालन हुनेछ ।...
कटारीको कवर्डहल अधुरो

कटारीको कवर्डहल अधुरो

खेलकुद, समाचार
पूर्णपुष्टि, असोज २० गते । कटारी–सगरमाथाको द्वार भनेर पुरानो नामले चिनिने उदयपुरको कटारी बजारमा निर्माणाधिन कवर्डहल बजेटको अभावले अधुरो बनेको छ । कटारी व्याड्मिन्टन क्लव र भूपू सैनिक क्लवको पहलमा निर्माणाधिन कवर्डहल बजेटको अभावले निर्माण कार्य अधुरो भएको हो । भूपू सैनिक क्लवको आप्mनै प्राङ्गणमा निर्माणाधिन कवर्डहलको आधाजसो निर्माण कार्य भईसकेको क्लवका अध्यक्ष विष्णु आले मगरले बताए । खेलकुद परिषद्बाट प्राप्त १२ लाख रकमबाट कवर्डहलको आधाजसो निर्माण कार्य भएको छ । मगरका अनुसार कवर्डहलको चारैपट्टी सिमेन्ट रडको पिलरसहित दश÷बाह्र फिट उचाइसम्म इटा गाह्रो लगाईसकिएको छ । त्यसभन्दा माथिको कामका लागि भने बजेटको अभाव भएपछि निर्माण कार्य स्थगित भएको छ । बाँकी भागमा ट्रष्ट जोडेर छानोसहित टिन लगाएर बनाउने सोच रहेको उनले बताए । त्यसका लागि बजेट जोहोको पहल भईरहेको पनि उनले बताए । बाँकी कामका ला...