Saturday, July 11News That Matters

यस पटककाे “गाईघाट रन” सुनमाया बुढाको सम्मान र समर्पण

पूर्णपुष्टि/उदयपुर, असार २७ ।
उदयपुरको सदरमुकाम गाईघाटमा आज भएको गाईघाट रनको दोस्रो संस्करण नेपाल र नेपालीलाई दौडबाट चिनाउन सफल नेपाली साहसी चेली सुनमाया बुढाको सम्मान र समर्पण गरिएको छ ।
दिगो पर्यटन, स्वस्थ्य जीवन र प्रकृती संरक्षणका लागि समुदायलाई क्रियाशिल बनाइराख्ने उद्देश्यले गत महिनादेखि थालनी भएको गाईघाट रन यो पटक इटालीमा सम्पन्न १२० किलोमिटर ट्रेल रेसमा प्रथम भएकी बुढाको सम्मानमा समर्पण गरिएको हो ।
दौडलाई नै आप्mनो जीवनको महत्वपूर्ण लक्ष बनाएकी बुढालाई साहस, समर्पण र सफलताको प्रतिकको रुपमा चर्चा गर्दै यो पटकको गाईघाट रन उनकै नाममा गरिएको गाईघाट रन ब्यवस्थापन टोली सदस्य जितेन्द्र रोइलाले बताए । उनका अनुसार उदयपुरमा दौड संस्कारको रुपमा विकास गर्ने उद्देश्यले हरेक महिनाको अन्तिम शनिबार दौड आयोजना हुन्छ । गाईघाटको मुख्यचौकबाट सुरु हुने दौड बोक्से–करमगाछी–ढिम्की हुदै पुनः गाईघाटचौकमा आएर समाप्त हुन्छ । जसमा ७ किलोमिटर दुरी पुरा हुन्छ । सहभागिहरुले कार्यक्रमस्थलमा राखिएको सुनमाया बुढाको तस्बिरसंग आप्mनो तस्बिर खिचाएर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
रनमा त्रियुगा नगरपालिकाका प्रमुख, उपप्रमुख, जिल्लास्थित सरकारी निकायका प्रमुखहरु, सुरक्षा प्रमुखहरु, खेलाडी, कलाकार, ब्यावपारी, ब्यवसायी र सर्बसाधारणहरुको उत्साहपूर्ण सहभागिता रहने गरेको छ ।
सुनमाया जस्तो राष्ट्रीय प्रतिभालाई राज्यले सम्मान दिन नसकेको बेला नागरिकतहबाट सम्मान मिलिरहेको उदयपुरकी सुरक्षित सडक अभियानकर्मी रमा मगरले बताइन् ।
सुनमाया बुढाकी मेनेजर प्रिति खत्रीले जिल्लामा भएको यो किसिमको सम्मानले उनलाई आप्mनो लक्षमा थप प्रेरणा मिल्ने बताइन् । आयोजक र उदयपुरबासीप्रति खुसी ब्यक्त गर्दै दौडले देशलाई विश्वमा चिनाउन सकिने भएकोले सुनमाया जस्तो प्रतिभालाई राज्यले नीतिगतरुपमै अगाडी बढाउनु पर्नेमा सबैको जोड हुुनुपर्ने बताइन् ।
फाेटाे फिचर :