Monday, July 20News That Matters

फिफा विश्वकप २०२६ को फाइनल नेपाल टेलिभिजनबाट निःशुल्क प्रसारण हुने

काठमाडौं/असार ३ ।

फिफा विश्वकप २०२६ को फाइनल खेल नेपाल टेलिभिजनले निःशुल्क प्रसारण गर्ने भएको छ । नेपाल टेलिभिजनको एनटिभी प्लस च्यानलबाट सोमबार बिहान १२ः४५ बजे हुने फाइनल खेल प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ। उपाधिका लागि अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुनेछ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले फाइनल खेल एनटिभी प्लसमार्फत निःशुल्क हेर्न सकिने जानकारी दिएका छन्। यसअघि विश्वकपका खेलहरू हेर्न दर्शकले सदस्यता ९सब्सक्रिप्सन० शुल्क तिर्नुपर्ने व्यवस्था थियो। तर फाइनल खेल भने सबै दर्शकले निःशुल्क हेर्न पाउने भएका छन्।

सरकारले फाइनलसँगै विश्वकपका केही अन्य खेलसमेत निःशुल्क प्रसारण गर्ने घोषणा गरेपछि विश्वकप प्रसारण अधिकारका लागि करिब ५ करोड रुपैयाँ खर्च गरेको रेडबुल मिडियाको लगानीबारे पनि विभिन्न तहमा चर्चा सुरु भएको छ।