
पूर्णपुष्टि/मोतिगडा, जेठ ११ ।
उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडा स्थित पुलचौकखोलामा माओवादी मजदुर पार्टीले काठे पुल निर्माण गरेको छ । एक लाख २० हजार बराबरको लागतमा बनेको पुलको लम्बाई ९ मिटर रहेको छ । पार्टीले ५० हजार र ७० हजार बरावरको जन श्रमदानवाट पुल निमार्ण भएको पार्टीका केन्द्रीय महासचिव हिमालसिंह राईले बताए ।
पार्टीकी प्रमिला तामाङ्गको अध्यक्षतामा एक समारोहकाबीच पुलको उद्घाटन हालै गरिएको थियो । समारोहमा केन्द्रीय प्रबक्ता जगत कटुवाल लगायत नेताहरु प्रदिप तामाङ र आयुष ठकुरी लगायतका वक्ताले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन मनिषा ठकुरीले गरेकी थिइन् ।
पुल निर्माणबाट आवतजावतमा सहजता भएको स्थानीयले बताएका छन् । बर्षातमा पानी बग्ने र भेलबाढीका कारण स्थानीयलाइ समस्या पर्ने गरेकाे थियाे ।
