महोत्सवको उद्घाटन उल्लासमय बनेन
पूर्णपुष्टि/उदयपुर, फागुन १५ गते
-त्रियुगा उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको उद्घाटन समारोह उल्लासमय बन्न सकेन । मंगलबारदेखि सुरु १० दिने पहिलो प्रदेश महोत्सवको उद्घाटन समारोह विगतको दाँजोमा आमन्त्रित अतिथि तथा दर्शकहरुको उपस्थिति न्यून भएपछि समारोह उल्लासमय बन्न नसकेको हो ।
विगतमा मञ्च अगाडीको भाग दर्शकले टनाटन भरिनेमा यसपटक सुन्य रह्यो । सांसद कला घले, केही राजनीतिक दलका नेता, केही कार्यालय प्रमुख, सुरक्षा प्रमुख मात्रको उपस्थिति थियो । कार्यक्रममा बोल्दै अतिथिहरुले महोत्सवको मर्म, उदेश्य अनुरुप सञ्चालन गरेर स्थानीयको मत जित्नुपर्ने बताए ।
अहिलेसम्मको महोत्सव उपलब्धीमुलक हुन नसक्नुले विवादित अवस्था देखिएको भन्दै त्यसलाई सच्याएर सही महोत्सव, सहि नेतृत्व कायम गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि भनिएको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, विशेष अतिथि...







