Friday, June 26News That Matters

आर्थिक

बाँस तथा निगालोको सामान लोक प्रिय बन्दै

बाँस तथा निगालोको सामान लोक प्रिय बन्दै

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर साउन १५ उदयपुरमा बाँस तथा निगालोको सामान लोक प्रिय बन्दै गएको छ । बाँसबाट विभिन्न आकृति र घरमा प्रयोग हुने अति आवश्यक सामाग्री व्यवसायीक रुपमा उत्पादन हुन नसक्दा लोप हुने अवश्थामा पुगेको छ । पछिल्लो पढिले केहि बाँसको सामान र बाजा प्रतिको मोहले लोक प्रिय बन्दै गएको हो । घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा बाँस तथा निगालो वस्तु विकास तथा प्रशिक्षण केन्द्र उदयपुरले आत्मनिर्भर होस भन्ने हेतुले दिदै आएको तालिमबाट उत्पादन भएको जनशक्तिले केहि उत्पादन गरेको बाँसको सामान लोक प्रिय हुदै गएको छ । २०५७ सालमा स्थाना भएको प्रशिक्षण केन्द्रले एक वर्षमा ४० जना हस्तकला जनशक्ति उत्पादन गर्दै आएको छ । “वस्तु विकास तालिम” शिर्षकमा बजेट केन्द्रले छुट्टै पठाउने भएपनि जिल्ला घरेलु तथा साना उद्योग विकास समितिद्धारा तालिम संचालन गर्दै आएको बाँस तथा निगालो वस्तु विकास प्रशि...
स्वदेशमै रोजगारी सिर्जनाको वातावरण बनाइने

स्वदेशमै रोजगारी सिर्जनाको वातावरण बनाइने

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, असार २९ बैदेशिक रोजगारमा जान लर्को लाग्ने युवा शक्तिलाई उद्यमको माध्यमबाट नेपालमै रोक्ने वातावरण बनाइने १ नं. प्रदेश सरकारका उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री जगदिश कुसियतले बताउनु भएको छ । उदयपुरको गाईघटमा प्रदेश स्तरीय गरिवी निवारणका लागी उद्यम विकास अभिमुखकिरणलाई सम्बोधन गर्दै मन्त्री कुसियतले प्रदेश नं. १ लाई पर्यटकीय गन्तब्य बनाएरसमेत युवाहरुलाई स्वदेशमै रोजगार सिर्जना गर्न सकिने बताउनुभयो । १ नं. प्रदेश वन र पर्यटनको हिसावले धेरै सम्भावना बोकेको र स्थानीय स्रोत साधन पशस्त रहेकाले विभिन्न उद्योग धन्दाहरु खोल्न सकिने, लघु उद्यमको प्रवद्र्धन र साना उद्योगहरु खोलेर प्रशस्त रोजगार सिर्जना गर्न सकिने उहाँले बताउनुभयो । जसले सिंगो मुलुकलाई नै समृद्ध पार्न मद्दत गर्ने बताउनुभयो । उदयपुरमा प्रशस्त रमणीय पर्यटीय स्थल, धर्मीक स्थलहरु रहेकाले धार्मीक पर्यटनको ...
कोरियाली सिपलाई नेपालमा लागू गर्न जोड दिन्छौं : राजदुत सिक

कोरियाली सिपलाई नेपालमा लागू गर्न जोड दिन्छौं : राजदुत सिक

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, जेठ २४ गते  -दक्षिण कोरियाली राजदुत पार्क योङ सिकले देश लोडसेटिङ मुक्त भएपछि मात्र व्यवसायहरु सफल हुने र देश समृद्ध हुने बताउनु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको नवौं जिल्ला साधारण सभा तथा जिल्ला महिला उद्यमी भेलाको विहिबार गाईघाटमा उद््घाटन गर्दै राजदुत सिकले दुई/तीन वर्षपछि नेपाल लोडसेटिङ मुक्त हुनसक्ने सम्भावना देखेको र कृषि, वन, पर्यटन जस्ता समृद्धिसंग जोडिएका क्षेत्रको पनि विकास सम्भव देखेको बताउनुभयो । उदयपुरमा महिला उद्यमीहरुको संख्या उल्लेख्य देखेर सहयोगका लागि उत्साहित बनेका राजदुत सिकले लघु उद्यमको प्रचुर सम्भावना रहेको बताउनुभयो । भविष्यमा लघु तथा घरेलु उद्योग क्षेत्रको सम्भावना उदयपुर मात्र नभई सिंगो देशमै राम्रो रहेको उहाँले बताउनुभयो । जसले जिल्ला मात्र नभई सिंगो देशको समृद्धिमा टेवा पुग्ने बताउनुभयो । ४० हजार बढि युवाहरु कोरियामा ...
समृद्धिको सन्देशका साथ द. कोरियाली राजदुत सिक उदयपुरमा

समृद्धिको सन्देशका साथ द. कोरियाली राजदुत सिक उदयपुरमा

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, जेठ २३ गते -दक्षिण कोरियाली राजदुत पार्क योङ सिकको विशेष उपस्थितिमा नेपाल घरेलु तथा साना उद्योग महासंघको नवौं जिल्ला साधारण सभा तथा जिल्ला महिला उद्यमी भेला कार्यक्रम विशिबार गाईघाटमा हुने भएको छ । महासंघको २९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई प्रतिनिधिसभा सांसद नारायण खड्का र राजदुत सिकले विशेष संबोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । महासंघका केन्द्रिय अध्यक्ष श्यामप्रसाद गिरीसमेतको उपस्थिति रहने कार्यक्रम संगै विविध घरेलु तथा लघु उद्यमीहरुको उत्पादनहरुको प्रदर्शनीसमेत रहने महासंघ उदयपुरका अध्यक्ष मधुकर थापाले बताए । समृद्धिको सन्देश लिएर मंगलबारनै उदयपुर टेकेका राजदुत सिक बुधबार गाईघाटमा विविध कार्यक्रममा व्यस्त रहे । नगरपालिकाको आयोजनामा होटल वल्र्डदरवार बोक्सेमा उदयपुरको समग्र विकासका लागि अन्तरक्रिया तथा भेटघाट कार्यक्रम भयो । राजदुत सिक...
बालबालिकाको समग्र विकासमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री घिमिरे

बालबालिकाको समग्र विकासमा प्रदेश सरकार प्रतिबद्ध : मन्त्री घिमिरे

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, चैत २९ गते -आजका बालक भोलीका कर्णधार, भोलीको नेतृत्व आजकै सुरुवात भन्ने नाराका साथ उदयपुरको कटारी नगरपालिकामा पहिलो बाल महोत्सव सञ्चालन भएको छ ।  प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेद्वारा बुधबार उद्घाटन भएको महोत्सवमा बालबालिका सम्बन्धी विशेष गतिविधि तथा क्रियाकलाप सञ्चालन गरिने मुल आयोजक समितिका संयोजक सुरेश गुप्ताले बताउनुभयो । आयोजक जनप्रेमी युवा मञ्च र बाल क्लव सञ्जालका केन्द्रिय अध्यक्षसमेत रहेका गुप्ताले महोत्सवलाई बालअधिकार प्रवद्र्धनको माध्यम बनाउदै बालप्रतिभा, बाल नाटक आदिको माध्यमबाट बाल विवाह, बालश्रमको विरुद्धमा जनचेतना फैलाउने बताउनुभयो । उहाँले महोत्सवबाट उठेको फाईदा रकमबाट कटारी बजारका सडक बालबालिका, श्रमिक बालबालिकाको हितमा काम गरिने पनि बताउनुभयो । महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिमिरेले बालबालिकाको समग्र विकासक...
महोत्सव नाचगानमा सिमित, ब्यापार नहुँदा उद्यमीहरु निरास (भिडियोसहित)

महोत्सव नाचगानमा सिमित, ब्यापार नहुँदा उद्यमीहरु निरास (भिडियोसहित)

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन २२ गते -त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको आयोजनामा सञ्चालित महोत्सब नाचगानमै सिमित बनेको छ । ब्यापार नहुँदा उद्यमीहरु भने निरास छन् । उद्यमी दुर्गा दनुवारले मानिस रातीमात्र नाचगान हेर्न आउने, दिउसो कोही नआउने भएपछि विक्री वितरणको त कुरै छोडौं, प्रदर्शनीसमेत नभएको गुनासो व्यक्त गर्नुभयो । दालमोड भुजियाको सफल उद्यमी दनुवारले महोत्सवमा आएको कुनै उपलिब्ध नभएकाले घरजान खोज्दा आयोजकले गेटपास नदिएपछि जबरजस्ती बस्नु परेको बताउनुभयो । दिनभर मान्छे कोही नआएपछि, सामान प्रदर्शनी र बिक्रिको अवस्था सुन्य भएपछि स्टलहरु उठाउन थालिएको व्यापारीहरु बताउछन् । महोत्सवमा आएका सबै स्टलहरुमा निरासा मात्र छाएको छ । घर फिर्न खोजेकालाई जबरजस्ती नरोकिएको संघका बरिष्ठ उपाध्यक्ष रमेश विकले बताउनुभयो । आयोजक संघले विगतदेखि नै स्थानीय साना तथा लद्यु उद्यमीहरुलाई वेवास्ता गर्दै आएकाले...
झडपपछि महोत्सव बन्द

झडपपछि महोत्सव बन्द

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन १८ गते त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले आयोजना गरेको पहिलो प्रदेश महोत्सव झडपका कारण शुक्रबार बन्द भएको छ । होलीका दिनसमेत परेको शुक्रबार दिउसो ३ बजेबाट टिकट काटेको आयोजकले पछि महोत्सव नचल्ने भनेपछि टिकट काट्ने सर्बसाधारणले टिकटको पैसा फिर्ता माग्ने क्रममा झडप भएपछि महोत्सव बन्द भएको हो । प्रत्यक्षदर्शीहरुका अनुसार टिकट काटेकाहरुले महोत्सव नचल्ने भएपछि पैसा फिर्ता हुनुपर्ने माग गर्दा आयोजकले अटेर गरेपछि झडपको स्थिति सिर्जना भएको थियो । आयोजक र उनीहरुबीच हात हालाहालको अवस्था भएपछि भागदौड, होहल्ला मच्चिकएको थियो । महोत्सव स्थलमा खटेका एक सेक्रेटरी गार्डका अनुसार झडपपछि आयोजकले तीस/चालिस जनाको टिकट पैसा फिर्ता गरेको थियो भने कतिपय त्यतिकै भागदौडमा परेका थिए । महोत्सव चल्ने/नचल्ने बारेमा आयोजकले प्रष्टसंग सूचना नगरेकाले विभिन्न परिकार बनाएर स्टलमा बसेक...
महोत्सवको उद्घाटन उल्लासमय बनेन

महोत्सवको उद्घाटन उल्लासमय बनेन

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन १५ गते -त्रियुगा उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवको उद्घाटन समारोह उल्लासमय बन्न सकेन । मंगलबारदेखि सुरु १० दिने पहिलो प्रदेश महोत्सवको उद्घाटन समारोह विगतको दाँजोमा आमन्त्रित अतिथि तथा दर्शकहरुको उपस्थिति न्यून भएपछि समारोह उल्लासमय बन्न नसकेको हो । विगतमा मञ्च अगाडीको भाग दर्शकले टनाटन भरिनेमा यसपटक सुन्य रह्यो । सांसद कला घले, केही राजनीतिक दलका नेता, केही कार्यालय प्रमुख, सुरक्षा प्रमुख मात्रको उपस्थिति थियो । कार्यक्रममा बोल्दै अतिथिहरुले महोत्सवको मर्म, उदेश्य अनुरुप सञ्चालन गरेर स्थानीयको मत जित्नुपर्ने बताए । अहिलेसम्मको महोत्सव उपलब्धीमुलक हुन नसक्नुले विवादित अवस्था देखिएको भन्दै त्यसलाई सच्याएर सही महोत्सव, सहि नेतृत्व कायम गर्न सुझाव दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि भनिएको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, विशेष अतिथि...
महोत्सव विवादित देखिएपछि मुख्यमन्त्री नआउने

महोत्सव विवादित देखिएपछि मुख्यमन्त्री नआउने

आर्थिक, समाचार
पूर्णपुष्टि/उदयपुर, फागुन १५ गते -त्रियुगा उद्योग वाणिज्य संघले गाईघाटमा आयोजना गरेको पहिलो प्रदेश महोत्सव त्रियुगा –२०७४ विवादितको कारण मुख्यमन्त्री शेरधन राई प्रमुख अतिथिकको रुपमा नआउने भएका छन् । परिक्षाको मुखमा महोत्सव राखेको, बर्षैपिच्छे महोत्सव लगाएपनि एउटा उपलब्धी देखाउन नसकेको, संस्थाभित्र आर्थिक घोटला रहेको र संस्थै नविकरण नरहेको लगायतका कुराहरु सञ्चारमाध्यमहरुमा आएपछि कार्यव्यस्तताको कारण देखाउदै मुख्यमन्त्री राई नआउने भएका हुन् । “मुख्यमन्त्री ज्यूको कार्य व्यस्तताको कारण आउन नसक्ने अवस्था भो” पत्रकार ध्रुव सुवेदीले भन्नुभयो । फागुन १५ देखि २५ सम्म सञ्चालन हुने महोत्सवमा मुख्यमन्त्री नआउने भएपछि नयाँ प्रमुख अतिथिको खोजीमा आयोजक लागेको छ । संघका उपाध्यक्ष रमेश विकले विहानसम्म मुख्यमन्त्री आउने कुरा थियो, फेरी नआउने भन्ने कुरा आएको बताउनुभयो । मुख्यमन्त्री नआउने भएप...
फेरी पनि परिक्षाको मुखैमा महोत्सव, अभिभावक तथा विद्यार्थी संगठनको विरोध, नविकरनै नभएको र लाखौं हिनामिना गरेको संघलाई प्रशासनद्वारा अनुमति

फेरी पनि परिक्षाको मुखैमा महोत्सव, अभिभावक तथा विद्यार्थी संगठनको विरोध, नविकरनै नभएको र लाखौं हिनामिना गरेको संघलाई प्रशासनद्वारा अनुमति

आर्थिक, समाचार
पूर्णपुष्टि, उदयपुर, फागुन १४ गते । -त्रियुगा उद्योग वाणिज्य संघ, गाईघाटले जहिले पनि विद्यार्थीको परीक्षाको मुखमा महोत्सव गरेर शैक्षिक वातावरण खलल पुर्याउने काम गरेपनि सम्बन्धीत निकायले रोक्न सकेको छैन । यसपटक पनि संघले विद्यार्थीको परीक्षाको मुखैमा महोत्सव राखेर शैक्षिक वातावरण खलल पुर्याउने निश्चित छ तर, सम्बन्धीत निकायहरु शिक्षा कार्यालय, प्रशासनले रोक्ने काम गरेको छैन । बरु उल्टै प्रशासनले सञ्चालनको अनुमति प्रदान गरेको छ । अझ नविकरण नै नभएको सो संस्थालाई महोत्सव गर्ने अनुमति दिएर त्रुटी भएको छ । करोडौंको कारोवार हुने मात्र नभई शान्ति सुरक्षादेखि विविध चुनौती रहने महोत्सव नविकरनै नभएको संस्थालाई सन्चालनको अनुमति दिनाले प्रशासनसमेत आलोचनामा परेको छ । अभिभावक तथा केही व्यापारीहरुले विरोध गरेपनि अन्यवेला विद्यार्थीको हकहितको नारा लगाउने विद्यार्थी संगठनहरु, बालअधिकारका कुरा गर्ने ...