महोत्सवको नयाँ आकर्षण तेह्रथुमे किवी
उदयपुर, मंसिर २८ गते ।
उदयपुरमा संचालित उद्यौगिक महोत्सवमा तेह्रथुमे किवीले विशेष स्थान पाएको छ
मंसिर २० देखि संचालन भएको १ नं प्रदेशको प्रदेश स्तरिय दोस्रो घरेलु औद्योगिक महोत्सवमा नयाँ फलको रुपमा किवीले विशेष स्थान पाएको हो ।
नेपाल घरेलु साना उद्योग महासंघ उदयपुरको आयोजनामा “मेहनत श्रृजना उत्पान र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔैं नेपाल” भन्ने मुल नाराका साथ घरेलु औधोगिक महोत्सव–२०७५ संचालन भई रहेको छ ।
फलहरुको राजा भनेर चिनिने किवी स्वास्थ्य वर्धक, लाभदायक भएपनि नेपालीले अझै खान जानेको छैन । नेपालमा पछिल्लो समयमा आएर नयाँ फलको नामले परिचित स्वाथ्य वर्धक फल किवीलाई अझै पनि नेपाली समाजले निन्न सकिराखेको छैन ।
किवीलाई दैनिक रुपमा खानाले क्यान्सर, डाइबिटिज, बाथ, मुटुरोग लगायतका विभिन्न रोगहरु निको पार्नुका साथै रोग लाग्न नदिने गर्दछ । तर नेपाली समुद...









