Friday, February 7News That Matters

अज्ञात रोगले बलबहादुर झनै सिकिस्त

उदयपुर, जेष्ठ २४ गते । 

उदयपुरको नामन्ताका समाल मगर जातीमा देखिएका अज्ञात रोगले बलबहादुरलाई झनै सारो पर्दै गएको छ ।

रौतामाई गाउँपालिका – ६ नामन्ता गाउँका समाल मगर जातीमा मात्र देखा परेको अज्ञात रोगले ३० वर्षीय समाल मगरलाई झन सारो पार्दै गएको हो ।

गत बैशाख १६ गते गाउँका ७ जनालाई एकै साथ विरामीले भेटाएपछि जिल्ला अस्पताल उदयपुर गाईघाट ल्याईएको थियो । जिल्ला अस्पतालमा रोगको पहिचान हुन नसकेपछि विरामीहरुलाई विहिर रेफर गरिएको थियो ।

जिल्ला अस्पतालबाट केहि हुन नसकेपछि उनीहरु विराटनगरको न्यूरो हस्पिटलमा भार्ना भएका थिए । तर विराटनगरमा पनि रोगको अहिले सम्म पनि पहिचान हुन नसकेको परिवारले बताएका छन् । यस रोग वंशानुगत भएको हुन सक्ने अनुमान अस्पतालले लगाएपनि पहिचान गर्नका लागि विदेश पठाउनु पर्ने अस्पतालले जनाएको परिवारजनले जनाएको छ ।

अस्पतालबाट बैशाख १९ गते फर्किएका विरामीहरु अरु मध्ये ६ जना सन्चो भएपनि मगरलाई भने झन सारो पार्दै लगेको उनकी श्रीमती सम्झाना समाल गमरले बताईन् ।

न्यूरोले दिएको औषधी खाएर अरु विरामी सन्चो भएपनि मगर भने झन विरामी पर्दै गएको मगरले बताईन् । त्यो औषधी खाएपछि ४÷५ दिन पूर्ण रुपमा सन्चो भयो । त्यस पछि १५ दिन निदायो अनि काम्न थाल्यो पहिला हल्का हात, खुट्टा काम्ने मगरको अहिले शरिर सवै काम्ने गरेको मगरले बताईन् ।

हात, खुट्टा मात्रै काम्ने मगरको शरिर नै थामि नसक्ने गरी काम्न थालेपछि जेष्ठ १४ गते अस्पताल लगिएको थियो । तर विरामीको स्वास्थ्यमा सुधार नआएपछि २३ गते घर फर्किएको परिवारले जनाएको छ ।

खाना, बस्न, सुत्न , शौचालय जान आउन सवै अरुकै साहारा चाहिने मगरले बताईन् । कृषी पेसा गर्दै आएका परिवारलाई समस्या परेको उनले बताईन् । काम गर्ने श्रीमान नै विरामी भएपछि बाल बच्चा बढाउन र घरपरिवार चलाउनमा समस्या आउन थालेको उनले बताईन् ।