Tuesday, June 30News That Matters

अझै धेरै पानी पर्ने सम्भावना

पूर्णपुष्टि, बैशाख १२ गते । 

आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा अझै बढी पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखले जनाएको छ ।

स्थानीयसँगै पश्चिमी वायु र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा धेरै वर्षा हुने महाशाखाले जनाएको छ ।

आज दिउँसोपछि चट्याङ, हुरीबतास र असिनासहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।