अटो दुर्घटनामा ५ जनाको मृत्यु

मंसिर २२ गते । 

चितवनको राप्तिमा अटो दुर्घटना हुदा पाँच जनाको मृत्यु भएका छन् । राप्ती नगरपालिका–५ गतसाँझ अटो दुर्घटना हुदा पाँच जनाको मृत्यु भएका हुन् ।

चेपाङमार्गबाट चौकीडाँडा तर्फ जादै गरेको ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भएको प्रहरीले जनाएको छ । पर्बत स्थायी घर भई हाल चितवन खैरहनी नगरपालिका–८ मा बस्दै आएका ४९ वर्षीय श्यामप्रसाद तिवारी, ९ नम्बर निबासी ४२ वर्षीय विश्वमणी भण्डारी, राप्ती नगरपालिका–९ निबासी २५ वर्षीया मीना खड्का र ३२ वर्षीया माया तामाङ र अर्का परिचय खुल्न नसकेको अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: