Wednesday, June 10News That Matters

अतिसबाजीसहित ३ जना पक्राउ

बिराटनगर, कार्तिक १९

सुनसरीको ईटहरी उप–महानगरपालिका–८ मा रहेको एक किराना पसलबाट ठुलो परिणामको पटका सहित ३ जना पक्राउ परेका छन् ।
इटहरी उप–महानगरपालिका–११ का २५ बर्षीय प्यारचन्द चौधरी, २३ बर्षीय गणेश चौधरी र किराना पसल संचालक ताहिर मिया पक्राउ परेका हुन् ।

मियाको किराना पसलबाट प्रतिबन्धित बिष्फोटक पदार्थ पटकाहरु भण्डारण, ओसार–पसार तथा बिक्रिवितरण भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा आज दिउँसो ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले ३३ बण्डल बिभिन्न किसिमका पटका बरामद गरेको प्रहरीले जनाएको छ ।

पटका सहित पक्राउ परेका मानिसहरुलाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।