Friday, May 8News That Matters

अति लापर*वाहि : काेराेना हस्पिटलबाट डिस्चार्ज भएकालाई लिन एम्बुलेन्स ढिलाई

पूर्णपुष्टि, असार १९ ।

अाज बिराटनगरस्थित काेराेना हस्पिटलमा बिहान डि*स्चार्ज भएका उदयपुरका चारजनालाई लिनका लागि रातपर्दासम्म पनि एम्बुलेन्स पुगेकाे छैन । त्रियुगा नगरपालिका ४ बगाहाका चारजना डिस्चार्ज भएका हुन् ।

त्रियुगा नगरपालिकाले बेलैमा एम्बुलेन्स व्यवस्था गरेर लिन पठाउनुपर्नेमा ढिला गरेपछि डिस्चार्ज भईसकेकाहरु पनि हस्पिटलमै बस्नु परेकाेछ । हस्पिटलले नेगेटिभ रिपाेर्ट दिईसकेकाे अबस्थामा पनि अस्पतालमै बस्नु पर्दा उनिहरुले मानसिक तनाव झेल्नु परेकाे छ । “संक्रमितहरु भएकै ठाउँमा बस्नु परेकाे छ । जाे*खिमसंगै मानसिक त*नाव बढेकाे छ ।” डिस्चार्ज भएका मध्येका कृष्ण खड्काले भन्नुभयाे । रात परिसकेकाे अबस्था छ, रातमै भएपनि लिन नपुगे खान, बस्नकाे समस्या पर्दछ । साथै पाेजेटिभ भएकाहरुसंग नै बस्नुपर्दा फेरि सर्ने जाेखिम हुन्छ । यसै कुराले पनि बढि मान*सिक तनाव हुने खड्काले बतनउनु भयाे ।

उदयपुरबाट डिस्चार्ज भएकालाई लिन जहिले ढिलाे गर्ने गरेकाे अस्पताल प्रशासनले जनाएकाे छ । समयमै डिस्चार्ज भएकालाई नलगिदिदा अस्पताललाई पनि व्यवस्थापनमा समस्या पर्ने गरेकाे छ । अरु जिल्लाले भने समयमै अाफ्ना डिस्चार्ज भएका नागरिकलाइ लैजाने गरेकाे छ । याे लापरवाहि हाे भन्दै डिस्चार्ज भएकाहरुले गुनासाे गर्नेगरेका छन् ।
यसअघि पनि बाेक्सेका डिस्चार्ज भएकाहरुलाई समयमै लिन एम्बुलेन्स पठाउन नसक्दा मानसिक तनाव झेल्नु परेकाे थियाे । उनिहरुलाई भाेलिपल्ट मात्र घर ल्याईएकाे थियाे ।
अस्पतालले डिस्चार्ज गरेकाे मानिसलाई समयमै ल्याउन नसक्नु जाेखिम बढाउनु हाे भन्दै तुरुन्त ल्याउने व्यवस्था हुनुपर्ने स्वास्थ्य अधिकारिहरुकाे भनाई छ ।
त्रियुगा नगरपालिकाका स्वास्थ्य शाखाका सहायक ईन्चार्ज अबधनारायण चाैधरीले एम्बुलेन्स समयमा उपलब्ध हुन नसकेकाेले समयमा लिन जान नसकेकाे बताउनुभयाे । अाजै अबेर भएपनि डिस्चार्ज भएकाहरुलाई लिएर अाउने ब्यवस्था मिलाउने चाैधरिले बताउनुभयाे ।
यसरी पटक पटक समयमा एम्बुलेन्सकाे व्यवस्था गर्न नसक्नु कमजाेरी देखिएकाे छ । जिल्ला सदरमुकाममा प्रशस्त एम्बुलेन्स रहदा पनि तिनिहरुलाई व्यवस्थापन गर्न नसक्नु कमजाेरीपन हाे । बेलैमा सम्बन्धित निकाएकाे ध्यानपुग्न जरुरी छ ।