Tuesday, March 25News That Matters

अधिकारकर्मी संस्थाहरुद्वारा बम विष्फोटको विरोध

पूर्णपुष्टि/उदयपुर, बैसाख ३ गते

-एक बालक घाइते हुनेगरी उदयपुरको गाईघाटमा भएको बम विष्फोट घटनाप्रति स्थानीय अधिकारवादी संघसंस्थाहरुले ध्यानाकर्षण भएको सोमबार विज्ञत्तीमार्फत जनाएका छन् ।

घटनाले बालबालिकाको स्वतन्त्रपूर्वक हिडडुल गर्न पाउने अधिकार हनन् भएको ठहर गर्दै जो कोहीले घटना घटाएपनि घोर आपत्तिजनक रहेको विज्ञप्तीमा जनाइएको छ ।

घाइते बालकको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरुले आगामी दिनमा यस्ता घटना नदोहोर्याउन र राज्यले दोषीलाई पत्ता लगाई कडा कारवाही गर्न माग गरेका छन् ।

संयुक्तरुपमा विज्ञप्ती जारी गर्नेहरुमा उदयपुर स्थित गैरसरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ शाखा, मानवअधिकार सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, ओरेक, नेस्पेक (बाल हेल्प लाईन), बाल विकास समाज नेपाल, जाल्पा एकिकृत विकास समाज, विकास सहजिकरण सञ्जाल, पेशोक, हुरेण्डेक, सेतो गुराँस र जिल्ला वालक्लव सञ्जाल रहेका छन् ।

चैत २८ गते त्रियुगा नगरपालिका १३ थारुहट रंगशाला नजिकै बेबारिसे वम विष्फोट हुँदा स्थानीय १४ बर्षिय बालक पारस राई गम्भिर घाइते भएका थिए । उनको हाल विराटनगरमा उपचार भइरहेको छ ।