
उदयपुर, असार १२ गते ।
संविधानले दिएको अधिकार कागजमा लेखिएको भएपनि उत्पिडित, दलित समुदायमा प्रयोग नभएकाले अधिकार मागेर होइन, खोसेर लिनु पर्ने पूर्वमन्त्रि दलजित श्रीपालीले बताएका छन् ।
ठुलो संघर्ष र बलिदानपछि दलित हक अधिकार संविधानले दिएको भएपनि व्यावहारमा नउतारिएकाले सोच परिवर्तनका लागी संघार्षको आवश्यकता भएको पूर्वमन्त्रि श्रीपालीले बताएका हुन् ।
हिजोका १० वर्षे जनयुद्धमा समाज परिवर्तन भएपनि शान्ति व्यावस्थापछि फेरी सामाजिक समस्या मौलाउदै गएको छ । संविधानमा उल्लेख गरेर मात्र अधिकार प्राप्त नहुने भएकाले सामाजिक सोच परिवर्तनका लागि सवै मिलेर संघर्षमा लाग्नु पर्ने पूर्व मन्त्रि श्रीपालीले बताए ।
राज्यको अंग र आर्थीक, समाजिक, सास्कृतिक लगायतका कुराहरुमा समानता आउन नसकेकाले संविधानमा लेखिएका अधिकार प्राप्त नभएको पूर्वमन्त्रि श्रीपालीले बताए । मान्छे भएरपनि दलित समाजमा पशुको व्यावहार गर्ने भएकाले मान्छे भएर बाच्न चाहेको उनले बताए ।
जातिय छुवाछुत तथा विभेदका मुद्धाहरु सरकारी निकायबाट नै दर्ता नर्गदिने समस्याले समाजिक विभेदलाई प्रोत्साहन मिल्ने गरको छ । यस्ता समस्यालाई दलित गैरदलित मिलेर चिरफार गर्नु पर्ने पूर्वमन्त्रि श्रीपालीले बताए । उनले गरिब निमुखा दलित परिवारको विद्यार्थीलाई विद्यालयसम्म पुग्ने वातावरण पालिकाले मिलाई दिन समेत आग्रह गरको छ ।
सयौँ वर्षदेखि समाजमा कलहको रुपमा रहेको जातिय छुवाछुत र विभेदको अन्त्य गर्नका लागि मानसिक रुपमा परिवर्तन गर्नु पर्ने प्रतिनिधि सभाका संसाद सुरेशकुमार राई (हिमाल)ले बताए । शोसक र सामन्तिहरुले हिजोका एउटै समाजका मानिसलाई फुटाई समाजमा कलह सृजना गरेको हो ।
दलित हक अधिकारको लागि धेरै संघर्ष र आन्दोलनहरु भएको भएपनि व्यावहारमा लागु नहुदा संविधानले दिएको अधिकार पनि प्राप्त हुन नसकेको संसद राईले बताए । ऐतिहासिक अभियान संचालन गरि समाजका मानिसहरुको सोचमा परिवर्तन ल्याउन जरुरी रहेको उनले बताए ।
संविधानले दिएको दलित हक अधिकारलाई कार्यन्वयन गर्नका लागि सवै पक्ष सक्रिय रुपमा लाग्नु पर्ने प्रदेश संसद नारायण बुर्जामगरले बताए । समाजको एक गम्भिर समस्याको रुपमा रहेको जातिय छुवाछुतको अन्त्यका लागि गर्नु पर्ने सहयोग रहने उलने बताए ।
जातिय छुवाछुत कार्यक्रम पाँच वटै वडामा संचालन गरि पालिकामा गरीएको पालिकाले जनाएको छ । समाजमा जडिएर रहेको जातिय विभेदको अन्त्यका लागि पालिकाले विशेष रुपमा कार्यक्रम सचालन गरेको लिम्चुङ्बुङ गाउँपालिकाको अध्यक्ष मेजरकुमार राई (मिजास)ले बताए ।
पालिकाले दलित विशेष योजना बनाएर काम गर्ने छ, दलित समुदायको हक हितका लागि नमुना दलित बस्ती समेत घोषणा गरि सकेको अध्यक्ष राईले बताए । जनताको समस्या पालिकाको समस्या भएकाले समान रुपले विकास गर्ने गरि योजना बनाएर नै काम गर्ने उनले बताए ।
कार्यक्रममा सहभागि अतिथिहरुले संविधानले दिएको हक अधिकारहरु व्यावहारमा नउतारिएका र कार्यन्वयन नगरिएको कुरामा जोड दिएका थिए ।
नव सृजना सेवा समाज युवा संघको आयोजनामा वडा स्तरीय दलित अधिकार सञ्जालको सहकार्य र गाउँपालिकाको सहयोगमा जातिय छुवाछुत अन्त्यका लागि सचेतना कार्यक्रम भएको थियो ।
कार्यक्रमको सभापति पालिका अध्यक्ष राई, प्रमुख अतिथि पूर्वमन्त्रि दलति श्रीपाली, विशेष अतिथी प्रतिनिधि सभा सदस्य सुरेश राई (हिमाल), प्रदेश संसद नारायण बुर्जा मगर लगायतका अथितिहरुको आथित्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा अन्तर जातिय दुई जोडीलाई दोसला ओढाएर सम्मान गरिएको थियो । सम्मानीत हुने कमल परियार, सम्झना तामाङ र रत्न विक, हिरा राईलाई सम्मान गरेको हो । त्यसै गर दलित जेष्ठ नागरिक र उच्च शिक्षा हाँसिल गर्ने विद्यार्थीहरुलाई समेत सम्मान गरिएको आयोजकले जनाएको छ ।