
भदौ ५ गते ।
देशै भरका फिल्म हलले असोज ३ गतेदेखि चलचित्र सुरु हुन अगाडी अनिवार्यय रुपमा राष्ट्रिय गान बजाउनु पर्ने भएको छ ।
यसपालिको संविधान दिवस मनाउनका लागि मूल समारोह समिति गठन गर्न बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सरकारका अधिकांश मन्त्री र सचिवसहितको बैठकले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको प्रस्ताव सम्पूर्ण फिल्महललाई उक्त निर्देशन दिनएको हो ।
फिल्म हलको राष्ट्रिय गान सम्मानमा सबै दर्शक अनिवार्य उभिनुपर्ने जानकारी समेत गृहले गराएको छ ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
