
उदयपुर, फागुन १४ गते ।
अन्तरजातीय विवाह गरेको नौ वर्ष पछि उदयपुरमा एक जोडीलाई एक कार्यक्रमको साथ सम्मान गरेका छन् ।
रौतामाई गाउँपालिका वडा नं ७ मुर्कुचीका पर्शुराम घतानी र लक्ष्मी तामाङ्गलाई कार्यक्रमको साथ मंगलबार सम्मान गरेका हुन् ।
सचेतना कार्यक्रम संचालन समिति रौगापा ७ को आयोजना र पालिकाको सहयोगमा “मानिस ठूलो दिलले हुन्छ जातले हुदैन” भन्ने मुल नाराको साथ जातीय भेदभाव अन्त्यका लागी सामाजिक अन्तरघुलन विषयक एक दिने अन्तरक्रिया कार्यक्रमको साथ जोडीलाई सम्मान गरिएका छन् ।
जातिय विभेद तथा भेदभाव अन्त्य गर्नका लागि एक उदाहरणीय पात्र भएको र समाजकै नमुना जोडी भएकाले सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वयन समति उदयपुरको प्रमुख खड्ग बहादुर परियार (दर्नाल) तथा आयोजकका अध्यक्ष गणेश बहादुर एसकेको सभापत्तित्व र अतिथिहरुको आतिथ्यमा कार्यक्रम भएको थियो ।
२०६६ सालमा विवाह गरेको जोडिलाई प्रमुख अतिथि परियार (दर्नाल)ले दोसला ओढाएर सम्मान गरेका थिए । जातिय भेदभावको अन्य भएपछि विवाह गरेका जोडीलाई त्यस बेला पनि निकै समस्या खड्किएको उनिहरु बताउँछन् ।
दलित परिवारको केटा सँग तामाङ्गको छोरीले विवाह गरेपछि दुवै पक्षमा केहि समस्या आएको थियो । विवाह गरि काठमाण्डौ भागेर गएका जोडिलाई छुटाउन परिवारले हरकमद चालेका थिए । पछि करिब २ वर्ष सम्म पनि माईतिपक्षले छुटाउन चाहेको उनिहरु बताउँछन् ।
भोगर काठमाण्डौ गएका जोडिले काठमाण्डौमै कोट म्यारिड गरेका थिए । विवाह गरेको धेरै वर्ष पछि समाजले सम्मान गरेका कारण जोडीले खुसी व्यक्त गरेका छन् । माईती तथा ससुराली आवत जावत नभएपनि घरको भने राम्रो साथ सहयोग पाएको उनिहरु बताउँछन् ।
सवै भन्दा ठुलो र आफुलाई जन्म दिने आमा भन्दा नि ठुलो प्रेम हो भनि प्रमाणीत गरेको उनिहरु बताउँनुहुन्छ । माया भनेको साँचिकै अन्धो हुदो रैछ । पहिले त मन मिल्नु प¥यो, दुवैले साँचो माया गर्नु पर्छ कसैको केहि लाग्दैन उनिहरु बताउँछन् ।
कार्यक्रममा बोल्दै परियार (दर्नाल)ले भने संविधानले जातिय, धार्मीक, सामाजिक लगायतका विभेद र भेदभाव तथा छुवाछुतको अन्त्य गरेको भएपनि सचेतनाको कमि र जनचेतनाको कारण ग्रामिण समुदायमा अझै केहि समस्या रहेकाले सवै सजक हुनु पर्नेे बताए ।
संविधानमा उल्लेख भएका हक अधिकारका कुरा प्रस्ट पार्दै सचेत नागरिक भएमात्रै पनि भेदभाव, छुवाछुत जस्ता सामाजिक अपराधको अन्त्य हुने परियार (दर्नाल)ले बताए । अधिकांश मानिसहरु आर्थीक कम्जोरीका कारण पनि विभेदमा परेकाले सरकारले विभिन्न कार्यक्रमहरु ल्याएको परियार (दर्नाल)ले बताए ।
विभिन्न कारणले गर्दा पछि परेका दलित समुदायका नागरिकहरुलाई सचेत गराउनु पर्ने, हक अधिकारको बारेमा जनचेतना फैलाउनु पर्ने दलित गैरसरकारी संस्था महासंघ केन्द्रिय सदस्य दिलीप रसाईलीले बताए ।
अशिक्षीत समाजमा मात्रै नभई शिक्षीत व्यक्तिहरु रहेका सरकारी संगठनहरुमा समेत जातीय विभेद रहेको सहभागिहरुले बताएका थिए ।