
अनिसा थापामगर /प्रशिक्षार्थी पत्रकार
ताम्लिछा, असार १३ गते ।
लिम्चुङ्बुङमा अन्तर जातिय विवाह गरेका दुई जोडीलाई सम्मान गरिएको छ । बाराहाको रोताबास निबासी ५१ वर्षीय रत्न विक, ५२ वर्षीया हिरा राई (विक) र ३९ वर्षीय कमल परियार, ३५ वर्षीया सम्झना तामाङलाई सम्मान गरिएको हो ।
जातिय छुवाछुत अन्यका लागि सचेतना कार्यक्रममा उक्त जोडीलाई सम्मान गरिएको थियो । सम्मानीत भएका जोडीहरुको आ–आफ्नै पिडा र व्याथा छन् । अन्तर जातिय विवाह गरेकै कारण माईती र आफन्त ईस्ट मित्र समेत त्यो बेला गुमाउनु परेको उनीहरु बताउँछन् ।
एउटै गाउँ भएका विक र राईको सानै उमेरमा प्रेम बसेको थियो । घास, दाउरा, मेलापतमा भोट हुने दुवैले २०५१ सालमा भोगेर विवाह गरको उनीहरुले बताएका छन् ।
अन्तर जातिय विवाह गरेकै कारण गाउँमा बस्ने स्थिति नरहेकाले गाउँ छाडेर ईन्डिया जानु परेको विकले बताए । घर परिवारले समेत ठुला जातको केटी विवाह गरेको भन्दै अस्विकार गरेपछि ईन्डिया जान बाध्य भएको उनले बताए ।
इन्डियामा ज्याला मजदुरी गर्दै करिब डेढ वर्ष बसेर गाउँ फर्किएको विकले बताए । गाउँ समाजको धेरै विभेद सहनु परेको उनले बताए । त्योे बेला भन्दा अहिले त धेरै सहज भएको र ससुरालीसँग पनि राम्रो सम्बन्ध रहेको विकले बताए ।
दलितसँग विवाह गरेकाले केहि वर्षसम्म माईती, छरछिमेक समेत गुमाउनु परेको राईले बताईन् । यता बुडाको समाजले समेत विभेद गरेपछि गाउँमा बस्न नसकि ईन्डिया लाग्यौँ । ईन्डियाबाट गाउँ फर्कदा माईतीहरुले नबोलाउने, आफुले छोएको नखाने, तँ दलित भएको मान्छे घर भित्र पस्न हुदैन भनेर विभेद गर्ने गरेको उनले बताईन् ।
समाजको विभेदको समाना गर्दै म उहाँ सँगै बसे अहिले माईतीहरु सँग पनि राम्रो सम्बन्ध छ । पहिलेको जस्तो विभेद अहिले नभएको राईले बताईन् ।
राजगारीको शिलसिलामा २०६० सालमा सिन्धुली पुगेका परियार र त्यहि गाउँका तामाङ विच प्रेम बसेपछि २०६१ सालमा भागी विवाह गरेको उनीहरु बताउँछन् । तर दुवै पक्षको घर परिवारले अस्विकार गरेपछि करिब पाँच वर्ष सम्म अन्यत्र बस्नु परेको उनीहरु बताउँछन् ।
घर परिवारले आफ्नो जात भन्दा ठुलो जात विवाह गरेको भनेर घर परिवार र समाजले अस्विकार गरेपछि करिब पाँच वर्ष सिन्धुली तिरै बसेको परियारले बताए । धेरै वर्षपछि गाउँ फर्कदा पनि धेरै समाजको विभेद सहनु परेको उनले बताए ।
दलितसँग विवाह गरेकै कारण अहिलेसम्म पनि माईती जान नपाएको तामाङले बताइन् । प्रेम गर्नु, विवाह गर्नु कुनै अपराध होईन, सवै मान्छे नै हो उनले बताइन् ।
पछिल्लो समययता समाजमा केहि परिवर्तन आएकाले मालाई पनि माईतीहरुले माईत बोलाएको छ केहि समय पछि माईत जाने तामाङले बताइन् ।
सम्मानीत भएकोमा खुसी हुदै अहिले सवै पक्षबाट राम्रो छ , गाउँ समाजमा विभेद भएको छैन सवैले राम्रै व्यावहार गर्ने गरेको उनिहरुले बताईन् । कृषी पेसा गर्दै आएका जोडीहरु एक आपसमा खुसीका साथ बाँचि रहेको उनीहरु बताउँछन् ।