
असार १७ गते ।
सामान्य सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरुले साचो बोल्छन् वा बोल्दैन अनुहार हेरेर नै पत्ता लगाउने भएको छ । बेलायतका एक स्टार्टअप फेससफ्टले आर्टिफिसियल इन्टेलीजेन्स सिस्टमबाट अनुहार हेरेर अपराधीले सहि बोलेको या गलत पत्ता लगाउने भएको हो ।
यस सिस्टममा सफट्वयरले अपराधीको अनुहार स्क्यान गरेर बोलेको कुरालाई सहि या झुटो पत्ता लगाउने छ । यसको ट्रायल बेलायत र भारतको मुम्बई प्रहरीले परिक्षण गर्ने भएको छ । एआई सिस्टममा ३० करोड भन्दा बढि अनुहारका भाव समेटिने भएको छ ।
मान्छेको मष्तिकमा खेलि रहेका कुराहरुलाई अनुहारमा प्रस्ट देख्न सकिन्छ । मनोवैज्ञानिकहरुले पहिलो पटक सन् १९६० मा यस्ता तथ्य पत्ता लगाएका थिए । वैज्ञानीकहरुले आत्महत्या गर्ने प्रयास गरेको केही व्यक्तिमा परीक्षण गरेको थियो ।
सिस्टमले कुनै मानिस अपराधीको अनुहारमा देखिने स्वभावलाई रेकर्ड गर्ने भएको छ ।