
पूर्णपुष्टि/उदयपुर, असार ३२ ।
गएराती एक महिलालाई अपहरण गरी गाडीमा सामुहिक बलात्कार गरेको भन्दै चार जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमबार सार्बजनिक गरेको छ ।
पक्राउ परी सार्बजनिक गरिएकाहरुमा सिरहाको लहान नगरपालिका ७ का २४ वर्षिय अमित गुप्ता, सोही ठाउँका २५ वर्षिय सन्देश गुप्ता, २५ वर्षकै विवेश साह र सिरहाको मिर्चैयाका २६ वर्षिय नितेशकुमार साह रहेका छन् ।
त्रियुगा नगरपालिका ६ स्थित लालपत्तामा चेकजाँच गर्ने क्रममा लहानबाट गाईघाट तर्फ आउदै गरेको बा. १४ च ६८१७ नम्बरको स्कारर्पियो गाडीमा नग्न अवस्थाकी एक महिला र मदिराले लठ्ठा चार जनालाई प्रहरीले फेला पारी पक्राउ परेको थियो ।
जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार महिलाले आफुलाई अपहरण गरी जबरजस्ती बलात्कार गरेको बयान दिएकी छिन् । चारैजनालाई अपहरण तथा जबरजस्ती करणी मुद्दा चलाउने एसपी भट्टले बताउनुभयो ।