Friday, October 4News That Matters

अपांगता भएकाहरुका लागि राज्यले विशेष पहल कदमी लिनुपर्नेमा जोड

पूर्णपुष्टि/गाईघाट, मंसीर १७ गते ।

विश्वभरी अन्तिराष्ट्रिय अपाङ्ग दिवस मनाई रहँदा उदयपुरमा पनि यो दिवस मनाईएको छ । अपाङ्ग विकास समिति उदयपुरको आयोजनामा आईतबार गाईघाट स्थित शिक्षक संगठनको सभाहलमा दिवससँगै अन्तरक्रिया कार्यक्रमसमेत गरेको छ ।

“सबैका लागि दिगो र समानतामूलक समाज उन्मुख रुपान्तरण” भन्ने मुल नारालाई सम्मान गर्दै अपाङ्गता भएका व्यक्तिहरुको आधारभुत आवश्यकता र बाँच्नलाई सहज वातावरणको व्यवस्था अझै पनि राज्यबाट पूर्ण रुपमा नभएको भन्दै सम्बन्धित निकायहरुबाट यसको पहल होस भन्ने उदेश्यका साथ अन्तक्रिया कार्यक्रम भएको थियो ।
नेपालको सन्दर्भमा करिब २४ लाखको हाराहारीमा रहेका अपाङ्गता व्यक्तिहरु समाज र राष्ट्रमा नै सबैभन्दा सम्वेदनशिल अवस्थामा रहेको भएता पनि उनिहरुले घरपरिवार, समाज तथा राष्ट्रबाटसमेत तिरस्कृत हुनु पर्ने अवस्थाको अझै पनि अन्त्य नभैसको बताइएको छ ।

यो समयमा पनि गाउँसमाजबाट अवहेलित सहेर बस्नु पर्ने र समाज अझै पनि अन्धो झै भएको सहभागिहरुले बताए । अपाङ्गगता व्यक्तिहरुप्रति मानव व्यबहार, सम्मानको ब्यबहार नभएको पनि उनिहरुले बताए ।

अपाङ्गता भएको व्यक्तिहरुलाई मानविय नाताले हेर्ने हो भने सबै भन्दा सहज, सम्मान, सामाजिक, आर्थिक, भौतिक अवसरहरु र हरेक क्षेत्रमा आवश्यकता अनुसारको सेवा सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिइएको थियो । तर अपाङ्गता भएका ब्यक्तिहरुले यो पक्षमा न्याय र अधिकारहरु भने पूर्ण रुपमा पाउन नसकिरहेको अवस्था रहेको औल्याउदै राज्य तथा सम्बन्धित निकायहरुले सहजताको गन्तव्य तिर लैजान पर्ने माग गरिएको छ ।

सपाङ्गगहरुले जस्तो अपाङ्गगता ब्यक्तिहरुले आफुलाई परिचालण गर्न नसक्ने हुदा उनिहरुको जिवन परिचालन गराई बाँच्न र बचाउने अधिकारमा अपाङ्गगमैत्रि शासन लागु गरी सहज रुपमा जिउने वातावरणका व्यवस्था पहिले राज्यले गर्नु पर्ने अवधारणा उनिहरुले ब्यक्त गरेका छन् । अपाङ्गताव्यक्तिहरु शारीरिक अवस्थाले कम्जोर भएपनि बौद्धिक दिमागले भने कम्जोर नहुने उनीहरुप्रतिको ज्ञान दिमागलाई सहि ठाउँमा प्रयोग गराउन शिक्षासँगै बिभिन्न अवसरहरु जुटाउन पर्नेमा जोड दिइएको थियो ।

बिषेश गरी सहजताको बातावरण व्यवस्थामा सबै पक्ष तथा राज्यबाट नै भौतिक अवरोधहरु, संस्थागत अबरोधहरु, दृष्टिकोण जन्य अवरोधहरु, र सञ्चार सम्बन्धि अवरोधहरुलाई समाधान गर्नु पर्ने उनिहरुले बताएका छन् ।

सडक, पुल, पार्क, सार्वजानिक भवन आदि भौतिक संरचनाहरु अपाङ्गमैत्रि नहुदा आफुले सहजताका साथ काम गर्न नसक्दा आफ्नो अधिकार समयमै शुनिश्चित नहुने र सेवा सुविधा बाट बन्चित भएर बस्नु पर्ने बाध्यता सिर्जना भएको छ ।

विभिन्न शरीरिक अवस्था भएकै आधारमा अपाङ्गगता व्यक्तिहरुलाई बिद्यालयले भर्ना लिन नमान्ने, रोजगारी बाट बन्चित गराउने, अपाङ्गगता भएकाहरुलाई कमजोरी, असक्षम, र काम नलाग्ने भन्ने बातावरणले उनिहरुमा भएको कला, सिर्जना र क्षमताहरु तेतिकै मरेर गाईरहेको पनि प्रसस्त देखिएको गुनासो उनीहरुको छ ।

यस्ता बिभिन्न समस्यालाई नियाल्ने हो भने अपाङ्गगता व्यक्तिहरु कम्जोर होईन राज्यको कारण कमजोर हुनु परेको उनीहरुले बताए । सम्बन्धित निकायहरुले तत्काल आफ्नो कम्जोरीहरुलाई सुधार गरी सहज वातावरणमा अपाङ्गगताहरुलाई अधिकार दिलाउन लागि पर्नु पर्नेमा कार्यक्रमका सहभागिहरुको जोड थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0