Saturday, April 26News That Matters

अपाङ्गताहरुको पारा खेलकुद सुरु, फुटबलमा सुनसरी विजयी

उदयपुर, असार २० गते ।

पहिलो पटक आयोजना गरिएको प्रदेश स्तरीय पारा खेलकुद अन्र्तगत फुटवल प्रतियोगिताको उद्घाटन खेलमा सुनसरीले तिज हातपारको छ ।

शारिरीक अपाङ्गता भएका मानिसहरुको सहभागितामा भएको प्रतियोगिताका उद्घाटन खेलमा  सुनसरीले धनकुटालाई ५–० ले पछि पार्दै जित हात पारेको हो ।

सुरुवाती खेलदेखिनै आक्रमक रुपमा प्रस्तु भएका सुनसरीले १० र २१ औँ मिनेटमा उज्वल राईले गोल गरेको थियो । त्यसै गरि १७ औँ मिनेटमा कुसुम बुढाथोकीले थप १ गोल गरेको थियो ।

५० मिनट निर्धारित समय रहेको खेलको दोस्रो हाफको ५ औँ र १० औँ मिनेटमा कप्तान रोहन खड्का र सुजन यायोख्खाले १÷१ गोल गरी टिमलाई ५ गोलको अग्रताले विजय बनाएका थिए । प्रतियोगिताको दुबै टिमतर्फ वहिरा खेलाडीको सहभागिता रहेको थियो ।

प्रतियोगिता अन्र्तगत शनिबार बिहान हुने पहिलो खेलमा उदयपुरले मोरङ्गको सामना गर्नेछ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको अन्तिम दिन दृष्टि विहीनहरुको डोरी दौड प्रतियोगिता हुने जिल्ला पारा खेलकुद विकास संघका अध्यक्ष चेतबहादुर खड्काले बताए ।

प्रतियोगितामा प्रदेश नंम्बर १ का ६ जिल्ला उदयपुर, मोरङ्ग, सुनसरी, धनकुटा, इलाम र झापा जिल्लाका अपाङ्गता भएका खेलाडीको उपस्थिति रहेको छ । ‘१ नम्बर प्रदेशको शान अपाङ्गता भएकाहरुको पहिचान भन्ने मुल नाराका साथ सुरु भएको प्रतियोगिताको सहयोग प्रदेश सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ  ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेस सांसद बिमल कार्कीले फरक क्षमता भएका व्यक्तिहरुको प्रतिभालाई राज्यले सम्मान गर्ने बताए । अपाङ्गता भएर पनि आफ्नो कला र क्षमतामा सपाङ्गता भन्दा कम नरहेको उनले बताए ।