
पूर्णपुष्टि, चैत ९
अमेरिकी रक्षा मन्त्री लोयड अस्टिनले अफगानिस्तानको भ्रमण गर्नुभएको छ । अमेरिकी रक्षा मन्त्रि अस्टिनले अनौपचारिकरूपमा अफगानिस्तानको भ्रमण गर्नुभएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
अफगानिस्तानबाट अमेरिकी सेना फर्किने मिति नजिकिँदै गर्दा भएको अमेरिकी रक्षामन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अमेरिकाले गत वर्ष अफगानिस्तानको तालिवान विद्रोहीसँग गरेको सहमति अनुसार यसै वर्षको मेमा सबै अमेरिकी सेनालाई फिर्ता गर्नुपर्नेछ ।
सेना फिर्ताको तयारीस्वरूप रक्षामन्त्री अस्टिनले अफगानिस्तानका राष्ट्रपति असरफ घानीसहित उच्च अधिकारीसँग भेटवार्ता गरेको जनाईएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले भने अघिल्लो सरकारले गरेको सहमति मिति मे १ मा नै सबै अमेरिकी सैनिक फिर्ता गर्न कठिन हुने बताउँदै आउनुभएको छ ।
रक्षामन्त्री अस्टिनले यसै हप्ता जापान, भारतलगायतका एसियाली देशको भ्रमण गरिसक्नुभएको छ ।
