Wednesday, June 24News That Matters

अब ट्रायल सहज बन्दै, ६० प्रतिशत ल्याए पास

पूर्णपुष्टि, चैत्र १७

नेपालमा अब ट्रायलको मापदण्ड परिवर्तन हुने भएको छ । मापदण्ड परिवर्तनले बिचौलियाहरुलाई नियन्त्रण समेत गर्ने भएको छ । जान्ने चालकहरु पनि सानो तिनो एउटै गल्तिमा पनि फेल हुने भएकाले बढी भन्दा बढी बिचौलियाहरुको सम्पर्कमा लाइसेन्स बनाउने प्रविद्धिलाई पनि यसले रोक्ने भएको छ ।

मापदण्ड परिवर्तन गर्नेबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सैद्धान्तिक सहमति प्राप्त भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

‘पहिले ट्रायल पास वा फेल मोडल थियो । अब पास वा न्युमेरिकल भ्यालुबाट मुल्यांकन हुने बिभागले जनाएको छ ।

अहिलेसम्म ट्राफिकले सिट्ठी फुकेर बोलाएपछि ट्रायल दिन गइन्थ्यो भने अब सवारी साधन चलाउनुभन्दा अगाडि के–के कुरामा ध्यान दिनुपर्छ त्यो पनि हेरिने यस मापदण्डमा तयार गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका महानिर्देशक निमराज घिमिरेले कार्यविधि संशोधनको ड्राफ्ट तयार भई स्वीकृतको प्रक्रियामा रहेको बताउनुभयो । कार्यविधि संशोधन भएपछि सानो गल्तीले ट्रायल फेल नहुने निर्देशक घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार सुरूमा सबैलाई १ सय अंक नै दिइन्छ । त्यसपछि गल्ती गर्दा नम्बर काटिंदै जान्छ । ६० प्रतिशतभन्दा कम अंक ल्याउने ट्रायल फेल हुन्छ भने सो सम्मको अंक ल्याउने ट्रायल पास हुन्छ ।

ट्रायलका विभिन्न चरण अंकका आधारमा पास–फेल निधो गरिनेछ बिभागले जनाएको छ । ट्रायल सुरूवातकै ‘एट (८)’ मा छिरेदेखि ट्रायल पूरा गरेर ननिस्किउञ्जेल सम्म विभिन्न प्यारा मिटरमा अंक बाँडिनेछ ।

‘अहिले हेल्मेटको लक नलगाए पनि ट्रायल फेल हुने नियम छ । अब भने त्यसमा पनि निश्चित अंक पाउनेछन् । त्यस्तै ८ कटाएको निश्चित अंक हुनेछ । यस्तै–यस्तै विभिन्न प्यारामिटर हुनेछन्,’ घिमिरेले भन्नुभयो । ट्रायलका सानातिना कडा नियम अलि खुकुलो बनाउन लागिएको बिभागले जनाएको छ ।