Monday, February 17News That Matters

अमेरिकाको घोषणा, इरानी विदेशमन्त्रीलाई प्रतिबन्ध

साउन १६ गते ।

अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जभाद जरिफलाई प्रतिबन्ध लगाएको छ । विदेश मन्त्रि जरिफले इरानका सर्वोच्च नेता अयातुल्लाह अलि खामेनीको दुस्साहसपूर्ण एजेन्डा कार्यान्वयन गरेको भन्दै अमेरिकाको यूएस डिपार्टमेन्ट अफ ट्रेजरीले जरिफलाई प्रतिबन्धको घोषणा गरेको हो ।

अमेरिकामा रहेको जरिफको सबै सम्पत्ति फ्रिज हुनेछ भने अमेरिकाद्वारा नियन्त्रित संघ–संस्थामा रहेको धन–सम्पत्ति पनि जरिफले पाउने छैनन् ।

जरिफले एक ट्वीट गर्दै आफ्नो एजेन्डाबाट खतरा महसुस गरेर अमेरिकाले प्रतिबन्ध लगाएको प्रतिक्रिया दिएका छन् । अमेरिकाको प्रतिबन्धप्रति खुसी हुदै जरिफले यो इरानी एजेन्डाको सफलताको रूपमा व्याख्या गरेका छन् ।

सन् २०१५ मा आणविक गतिविधि रोक्ने उद्देश्यले ईरानसँग भएको न्यूक्लिय सम्झौताबाट अमेरिकापछि हटेपछि दुई देश विच तनाव चर्कदै गएको छ । पछिल्लो सयममा आएर समुद्री मार्गमा केहि गतिविधि बढेकाले सैन्य द्वन्द्व बढाउन सक्ने चिन्ता बढेको छ ।