Friday, February 7News That Matters

अमेरिकामा शक्तिशाली भूकम्प

अमेरिकाको साउदर्न क्यालिफोर्नियामा शक्तिशाली भुकम्प गएको छ । क्यालिफोर्नियामा शुक्रबार गएको ६.४ म्याग्नेच्यूडको भुकम्प दुई दशक यताकै शक्तिशाली भुकम्प मानिएको हो ।

अमेरिकी स्वतन्त्रता दिवसको दिन आएको भूकम्पले रिजक्रेस्टमा सवै भन्दा धेरै क्षती गरेको संचारमाध्यमहरुले जनाएको छ ।

रिजक्रेस्टको क्षेत्रीय अस्पतालबाट बिरामीलाई बाहिर निकालिएको छ भने अस्पतालमा करिब दुई दर्जन मानिसको सामान्य उपचार गराईरहेको छ । उक्त सहरमा अहिले संकटकालको घोषणा गरिएको सहरको मयेर पेगी व्रिडेनले जनाएका छ ।

मानिसहरु सामान्य घाईते भएको छ भने ग्यास लाइनका पाईपहरु फुटेका व्रिडेनले जनाएको छ ।