Tuesday, March 25News That Matters

अमेरीकालाई चेतावनी दिए उत्तर कोरियाले

उत्तर कोरिया प्रति ट्रम्पले चालेको कदमको भतर््सना गर्दै परमाणु अस्त्र निश्शस्त्रीकरण प्रभावित हुने चेतावनी दिएको छ ।

दुई कोरिया विचको विवादको अन्य भएपनि ट्रम्पले आफ्ना अधिकारीहरू माथि लगाईएका प्रतिबन्धको कारण चेतावनी दिएको हो ।

कोरियामा प्रेस, रेडियो,र विदेशी चलचित्र हेर्न प्रतिबन्ध लगाई चलचित्र हेर्ने केहि मानिसहरूलाई थुनिएको जानकारी पाएपछि ट्रम्प प्रशासनले तीन उत्तर कोरियाली अधिकारीहरूलाई प्रतिबन्ध लगाएको थियो ।

अमेरिकाको नयाँ प्रतिबन्ध घोषणाले उत्तर कोरियालाई परमाणु कार्यमा कुनै फेरबदलको दबाव नदिने बताएको छ ।
उत्तर कोरियाली नेता किम जङ अनले एक वक्तव्यमा ट्रम्पको कदम प्रति आफु स्तब्ध र क्रुद्ध भएको प्रतिक्रिया दिएको छ ।

कोरियाली समाचार संस्था केसीएनएले छापेको वक्तव्यमा अमेरिकी विदेश मन्त्रालय “दुई देशबीचको सम्बन्धलाई पुरानै अवस्थामा फर्काउन उद्धत रहेका” आरोप लगाएको छ ।
संयुक्त राष्ट्रसंघको परमाणु पर्यवेक्षण निकायका निरीक्षक अधिकारीहरुलाई समेत उत्तर कोरिया प्रवेश गर्न रोक लगाएको छ ।

सिङ्गापुरको शिखर बैठकले स्थायीत्व पाउन नसकेपछि दुई पक्ष बीच अर्को वार्ता बस्नु पर्ने सुझावहरू आएपनि ट्रम्पले अर्को वार्ताका लागि हतार नभएको प्रतिक्रिया दिएका छन् ।