Wednesday, June 17News That Matters

अरिङ्गालले टोकेर १ जनाको मृत्यु

खोटाङ, असोज २५ 

खोटाङमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।  दिक्तेल रुपाकोट मझुवागढी–६ का २९ बर्षीय पातलसिंह राईलाई अरिङ्गालले टोकेर मृत्यु भएको हो ।
हिजो जंगलमा घाँस काट्न गएका राईलाई घाँस काटिरहेको अवस्थामा एक्कासी अरिङ्गालले शरिरका विभीन्न भागमा टोक्दा उनी वेहोस भएको थियो । अरिङ्गालले टोकेर वेहोस भएका राईको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा आज विहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।