Saturday, May 30News That Matters

अरिङ्गाल झार्ने क्रममा रुखबाट लड्दा एकको मृत्यु

पूर्णपुष्टि,कार्तिक ९
तेह्रथुममा अरिङ्गाल झार्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको म्यान्छयायेम गाउँपालिका–२ पौठाकका ३० वर्षीय नेत्र बहादुर लिम्बुको अरिङ्गाल झार्ने क्रममा रुखबाट लड्दा उनको मृत्यु भएको हो ।
आज बिहानको राती पौने ३ बजे उनको घर देखि १ किमि पुर्वमा रहेको उतिसको रुखमा अरिङ्गाल झार्ने क्रममा रुखबाट लडी घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुन साथ प्रहरी चौकी मोराहाङ र जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।