Monday, June 22News That Matters

अरुण नदिमा डुबेर बेपत्ता

पूर्णपुष्टि, बैशाख १९

भोजपुरको षडानन्द नगरपालिका–७ का २९ बर्षीय रुद्र बहादुर न्यौपाने अरुण नदिमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् ।

शनिवार दिउँसो सवा १ बजेको समयमा षडानन्द नगरपालिका–६ अरुण नदिको लम्सुवाघाटमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएको न्यौपानेको प्रहरीले खोजी कार्य गरिरहेको छ ।

अरुणमा बिपत्ता भएको भन्ने सूचना पाउन साथ प्रहरी टोली सहितको सहभागीतामा स्थानीयवासी सँग खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।