Friday, February 7News That Matters

अरुण नदीले बगाउँदा एक जना बेपत्ता

धनकुटा, असार १३ गते ।

धनकुटा बेलटारको अरुण नदीले बगाएर एक जना बेपत्ता भएको छ । महालक्ष्मी नगरपालिका–४ बेलटार निबासी ५० बर्षीय मान बहादुर योगीलाई नदीले बगाउँदा बेपत्ता भएको हो ।

बाढीले बगाएर ल्याएका दाउरा निकाल्ने क्रममा विहान ८ बजे नदीले योगीलाई बगाएको प्रहरीले जनाएको छ ।

योगीलाई नदीले बगाई बेपत्ता बनाएपछि प्रहरी चौकी चानुवाको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा खोज तलास भई रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।