
पूर्णपुष्टि, चैत्र २४ । अल्लु अर्जुन अभिनित पुष्पा २ को टेलर सार्वजनिक भएको छ । तिन मिनेट पन्ध्र सेकेन्ड लामो टेलरमा अल्लु अर्जुनलाई प्रहरीको ८ गोली लागी मृत्यु भएको खबर मिडियामा आएपछि पुष्पाको समर्थकहरुले उनलाई सार्वजनिक गर्नुपर्ने भन्दै प्रदर्शन गरेको दृष्यमा हेर्न पाईन्छ ।
पुष्पालाई ग्याङ्गस्टरको भुमिकामा प्रस्तुत गरिएको छ । उनको मृत्युको खबर पछि पुष्पालाई जङ्गलमा बाघसँग जम्काभेट भएको देखाईएको छ । यस टेरलमा एक सामान्य व्यक्ति कसरी संघर्ष गरेर शक्तिको उचाइमा पुग्छ भन्ने कथा चित्रण गरिएको छ । यो फिल्म शीर्ष चरित्र पुष्पा पात्र र खलपात्र भानवर सिंहबीचको लडाइँमा आधारित छ ।
यस फिल्मको पहिलो श्रखला विश्वभर सुपरहिट भएपछि अल्लु अर्जुन र रश्मिका मन्दानालाई ग्लोबल स्टारको रुपमा स्थापित हुन यस फिल्मले राम्रो भुमिका खेलेको छ । सुकुमारको लेखन तथा निर्देशन रहेको यो फिल्म सन् २०२३ कै बहुप्रतीक्षित फिल्मको सूचीमा रहेको छ ।
