
पूर्णपुष्टि, कात्तिक २६
अहिले देशको पहाडी भेगमा सामान्य लागेको बादल हटेर दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका धेरैजसो ठाउँको मौसम सामान्यतया सफा नै रहनेछ । पानी पार्ने कुनै पनि मौसमी प्रणाली नभएकाले अबको केही दिन देशभरको मौसम सामान्यतया सफा नै हुने जनाईएको छ ।
यसैबीच काठमाण्डौ उपत्यकाको आज बिहान ६ बजेको तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ ।
