Tuesday, April 21News That Matters

अवको तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना

पूर्णपुष्टि, साउन ११

अवको तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ । आजदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने देखिएकाले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज सुदूपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा, मङ्गलबार राति प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना हरेको महाशाखाले जनाएको छ ।

साथै, प्रदेश नं १ र बागमती प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

बुधबार देशैभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।