Friday, February 7News That Matters

अविरल वर्षाले दर्जनौ सडक खण्ड अवरुद्ध

असार ३० गते । 

अविरल वर्षाले आएको बाढी पहिरोले देशका दर्जनौ सकड अवरुद्ध भएको छ । वर्षाले आएको बाढी पहिरोले सडक भत्काएपछि सडक अवरुद्ध भएको हो ।

कटारी–घुर्मी–ओखलढु–शोलु जोड्ने सिद्धिचरण राजमार्ग, शान्ति लोकपथ भट्टेडाँडा–आग्राङ–टुङगुन, जनकपुर–जलेश्वर सडक खण्ड, सिस्नेरी–फर्पि–सडक खण्ड, सुर्खेत–कालिकोट–जुम्ला जोड्ने कर्णाली राजमार्ग, बेँसि सहर–मनाङ सडक खण्ड, भोजपुर–धनकुटा सडक खण्ड, बेनी–जोमसोम सडक खण्ड, मध्यपहाडी राजमार्ग लगायतका राजमार्ग तथा सडक खण्डहरु अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि यात्रुहरु मारमा परेका छन् ।