
उदयपुर, असार २९ गते ।
पाँच दिनदेखि लगातार परेको वर्षाले उदयपुरको पहाडी भेगका सडक अवरुद्ध हुदा यातायात ठप्प भएको छ । जिल्लका पहाडी भेगका पालिका र छिमेकी जिल्ला जाने सडक वर्षाले भत्किएपछि पूर्ण रुपमा यातायता बन्द भएको हो ।
सदरमुकाम गाईघाट, कटारी, बेल्टार, रामपुर, मुर्कुची लगायतका बजारबाट जिल्लाका विभिन्न पहाडी पालिकाहरु र छिमेकी जिल्ला खोटाङ, ओखलढुङ्गा, शोलु जाने सडक वर्षाले भत्किएपछि पूर्ण रुपमा यातायात बन्द भएको छ ।
गाईघाट–रानिबास–पोखरी–फोक्सिन्टार–रसुवा–बलम्ता–बाराहा–बासबोटे, गाईघाट–रानीबास–रौता–सल्ले–भुट्टार–लाफागाउँ, गाईघाट–साउने–धाब्लाङ, कटारी–घुर्मी–खोटाङ, कटारी–घुर्मी–ओखलढुङ्गा–शोलु, कटारी–बेतेनी भञ्ज्या–लिम्पाटार–रुपाटार, कटारी–बेतेनी भञ्ज्या–लिम्पाटार–ओख्ले–ईनामे, मुर्कची–पुवारेभञ्ज्याङ–माझखर्क–बाराहाह–बासबोटे, मुर्कची–पुवारेभञ्ज्याङ–भुट्टार–लाफागाउँ, बेल्टार–चौदण्डीगढी–रानिटार, रामपुर–घारे लगायतका पहाडी क्षेत्रका सडक वर्षाले भत्किएर पूर्णरुपमा क्षती हुदा यातायात ठप्प भएको छ ।
अविर वर्षाले पहाडी भेगका सडकहरु कतै भत्किएको छ भने कतै पुरीएको छ । ठाउँ ठाउँमा पहिरोले सडक नै बगाएपछि यातायात बन्द भएको स्थानीयबासीहरुले बताएका छन् । यातायात बन्द हुदा जनजिवन प्रभावित भएको छ ।
पहाडी भेका बासिन्दाहरु सदरमुकाम लगायतका तराईका सहर जाउजाउ गर्न समस्या आएको छ । पहाडी क्षेत्र हिडेका यत्रुहरु विच बाटोमै अलपत्र परेका छन् । गत २४ गतेदेखि परेको अविरल वर्षातले सडक अवरुद्ध भई यातायात नचलेपछि सदरमुकाम गाईघाट लगायतका बजारहरुमा यात्रुहरु अलपत्र परेको हो ।
जिल्लाको रौतामाई, ताप्लि, लिम्चुङ्बुङ गाउँपालिकाको भिविन्न पहाडी गाउँ र रानीटार, घारे लगायका गाउँहरुमा हिडेका यात्रुहरु वर्षाको कारणले गाडी नचललेपछि ५ दिनदेखि विच बाटोमै बस्न बाध्य भएका छन् ।