Sunday, June 15News That Matters

अश्लील सामग्री नियन्त्रण गर्न कार्यालय स्थपना

चिनले सामाजिक सञ्जालहरुमा प्रकाशन हुने गैरकानूनी अश्लील सामग्री नियन्त्रण गर्न करिब ५ लाख १० हजार कार्यालय स्थापना गरेकोे छ ।

सामाजिक सञ्जालहरुमा बढ्दो अश्लीलता क्रमलाई नियन्त्रण गर्न स्थापना गरिएको कार्यालयहरू सामुदायिक र कार्यस्थल तहमा राखिने जनाएको हो ।

कार्यालयले सामाजीक, साकृतिक, वातावरणहरुलाई सफा र स्वच्छ राखी हानिकारक सोचाइ र क्रियाकलापलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने अधिकारीहरूले बताएका छन् ।

२०१८ को त्रैमासिक नतिजा हेर्ने हो भने अश्लील सामग्री तथा गैरकानुनी प्रकाशन गत वर्षको तुलनामा करिब १० प्रतिशतले वृद्धि भएको पाईन्छ । झेजिआङ, जीआङसु, क्वाङतोङ, बेइजिङ र साङ्घाइलगायतका प्रदेशहरुमा बढ्दो क्रम रहेका छन् ।

कार्यालयको लागि स्वयमसेवककहरु खटाइएको छ भने युवा युवती देखि वृद्ध वृद्धा सम्मले उक्त विषयमा कुराकानी तथा छलफल गर्ने गरेका छन् ।