
पूर्णपुष्टि, बैशाख ९
असारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो दोस्रो साधरणसभा बिहिबार सम्पन्न गरेको छ । सम्पूर्ण उपभोक्ताहरुको सहभागीमा सभा सम्पन्न भएको हो ।
सभामा समतिको कामकार्वाही र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ । समितिले हाल १९९ सय घरलाई पानी वितरण गर्दै आईरहेको प्रतिवेदनमा प्रस्तुत भएको छ । समितिले चित्त बुझ्ने काम नभएको उपभोक्ताहरुलाई भ्रम भए छलफल गरी सहजीकरण गर्ने बातावरणका साथ सभा गरेको छ । केही उपभोक्ताहरुले पानीको महशुल बढी भएको पनि सभामा कुरा उठाएको छ ।
गाउँमै धाराको पानी खान पाउँदा सुविधा र सजिलो भएको भएपनि महशुल भने केहि चर्को असुली भएको गुनासो गरे ।
पानीको दुखमा पनि समितिको ठुलो संघर्षले धारामा पानी उपलब्ध गराउन समितिलाई निकै चर्को परेको जनाएको छ ।
कयौँ दुख कष्टले उपभोक्ताहरुलाई पानी वितरण गरिरहेको अवस्थामा अहिले पानीको निकै समाधान भएको समितिले जनाएको छ भने उपभोक्ताहरुले पानीको सुविधा महशुस गरेको छ । 
