Monday, June 22News That Matters

अस्ट्रेलियमा ९ जना नेपाली कोरोना संक्रमणमा

पूर्णपुष्टि/चैत्र, १७

विश्वभर फैलिरहेको कोरोना भाईरस अस्ट्रेलियमा पनि फैलिरहेको छ । स्टे«लियमा ३ हजार ९ सय ८४ जनामा देखिएको यो संक्रमणले अहिले सम्म १६ जनाकको ज्यानै लिसकेको पुष्टि भएको छ । जसमा नेपालीहरु भने पूर्ण रुपले सुरक्षित रहेको छ । स्टे«लियमा रहेको लगभग १ लाख नेपालीहरु मध्ये ९ जना नेपालीमा पनि कोरोनाको संक्रमाण देखिएको छ । तर उनिहरुको अवस्था भने आपत्ति जनक नरहेको बताइएको छ ।

लगभक ४ हजारको हाराहारीमा संक्रमण हुदा ९ जना नेपालीहरुमा पनि संक्रण देखियो । संक्रमित सबै नेपालीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ भने ४ जनाको त स्वास्थ्य अवस्था पनि पूर्ण रुपले ठिक भइसकेको छ ।

विद्यार्थी भिसाको रुपमा पलायन भएको नेपालीहरु अहिले अस्ट्रेलिया बाट नेपाल आउन पनि समस्या रहेको छ । गत ८ मार्च २०२० आइतबारका अस्ट्रेलियन सञ्चारमाध्यममा नेपालीमा पनि कोरोना भाईरसको संक्रमण भएको समाचार आयो –यो नेपाली समाजभित्रको पहिलो घटना थियो ।

नेपाली समाजमा दोस्रो कोरोना संक्रमणको खबर मार्चको तेस्रो साता पत्ता लाग्यो । गैरआवासीय नेपाली संघका प्रवक्ता नन्दु गुरुङकाअनुसार न्यु साउथ वेल्स राज्यको एउटा नर्सिङ होममा कार्यरत एक नर्समा कोरोना संक्रमण देखिएको समचार आयो । स्वास्थ्यकर्मीहरुको सल्लाहमा उनी एकान्तवासमा रहिन् । हाल उनी निको भइसकेकी छिन् ।

अस्टे«लियामा नेपालीहरु कामको आधारले हेर्ने हो भने निकै असुरक्षित देखिन्छ । कोरोना संक्रमणको उच्च सतर्कताको बिधिहरु विपरित पनि उनिहरुको काम पर्न जान्छ । नेपाली समुदायका मानिसहरु प्रायः अत्यावश्यक सेवामा कार्यरत छन् । हजारौंको संख्यामा नर्सिंग, बृद्धबृद्धा स्याहार केन्द्रहरु तथा सरसफाई सेवामा छन् । हजारौं अहिले पनि सार्वजनिक यातायातको प्रयोग गर्छन् । उनीहरु अहिले कोरोना जस्तो महामारीको संक्रमणको जोखिममा हुनसक्छन् ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलिया तथा नेपाली दूतावास क्यानबेराको एक संयुक्त तथ्यांकअनुसार अस्ट्रेलियामा अहिले चार सय ८७ जना नेपालीहरु एकान्तवास(आइसोलेसन) मा छन् । जसमा तीन सय १९ जना पुरुष र एक सय ६८ जना महिला छन् । उनीहरुमध्ये चार सय ३० जना हालसालै नेपालबाट आएका र ५७ जना अस्ट्रेलियामा नै कोरोना संक्रमितसँग निकट सम्पर्कमा पुगेको आशंका गरिएकाहरु छन् ।

अस्ट्रेलिया सरकारले कुनैपनि खालको बिसञ्चो महसुस भएमा घरबाहिर ननिस्कन भनेको छ । कोरोना संक्रमणको आशंका भएमा तुरुन्त सम्पर्क गर्न पनि भनेको छ । जसको परीक्षण तथा उपचार निस्शुल्क हुने भएकाले आर्थिक बोझको चिन्ता वा बीमा झन्झटको चिन्ता कसैले पनि मान्नु नपर्ने जानकारी दिएको छ ।